काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टीलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंको सुकेधारामा आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले कांग्रेस विभाजनको अवस्थामा जान नहुने र सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए।
उनले पूर्वसभापति देउवालाई सम्बोधन गर्दै “तपाईंको काँधमा धेरै ठूलो जिम्मेवारी आएको छ, पार्टी मिलाइदिनुस्” भन्दै आग्रह गरे।
गच्छदारले कांग्रेस नेता डा. शशांक कोइराला र डा. शेखर कोइरालालाई पनि पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरे। उनले नेताका छोराहरूको पुस्ताले अहिले पार्टी मिलाउन विशेष जिम्मेवारी लिनुपर्ने बताए।
गगन थापालाई पनि आग्रह
गच्छदारले कांग्रेस सभापति गगनकुमार थापालाई समेत पार्टी एकताका लागि जिम्मेवार भएर अघि बढ्न आग्रह गरे।
उनले भने, “गगन थापाजीलाई भन्न चाहन्छु– यसरी हुँदैन। सानेपामा सभापतिको कुर्सीमा बसेर भावनात्मक कुरा पनि बुझ्नुपर्छ।”
कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद र विभाजनको अवस्थाले पार्टी कमजोर हुने भन्दै गच्छदारले सबै पक्षले व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्