ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ७ : १५   बजे

काठमाडौं । संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ सभामुख डोलप्रसाद अर्यालले एभोकाडोको बिरुवा रोपेर गरेका थिए। कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको सहभागिता थियो।

संसद भवन परिसरलाई प्राकृतिक रूपमा सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए। उनले सांसदहरूले आफूले रोपेको बिरुवाको संरक्षण तथा हेरचाह आफ्नो कार्यकालभरि निरन्तर गर्नुपर्नेमा जोड दिए।

करिब ५०० बिरुवा रोपिए

नयाँ संसद भवन निर्माण परियोजनाअन्तर्गत बगैँचा व्यवस्थापनका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तथा तिनको स्थान निर्धारण गर्ने योजना यसअघि नै बनाइएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले करिब ५०० वटा बिरुवा रोपेको सभामुखको सचिवालयले जनाएको छ।

फलफूलदेखि औषधिजन्य बिरुवासम्म

संसद भवन परिसरमा एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी र गुलमोहरलगायतका फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएका छन्।

विभिन्न प्रजातिका बिरुवाको संरक्षण र उचित व्यवस्थापनमार्फत नयाँ संसद भवन परिसरलाई हराभरा तथा आकर्षक बनाउने लक्ष्य राखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालीगण्डकी करिडोरको मुख्य चुनौती बन्यो सिरुबारी पहिरो, बेनी–जोमसोम सडकमा जोखिम बढ्दो

सम्पत्ति छानबिन मुद्दा संवैधानिक इजलासमा पठाउने तयारीले सर्वोच्चमै प्रश्न : ‘इजलासको आदेशमाथि प्रशासनको हस्तक्षेप?’

कान्छाराम तामाङ : ‘चुनदेवीमा सभापतिको बोर्ड मैले कसैलाई नसोधी राखेको हुँ’

Turkey, Pakistan, and Saudi Arabia Formalize Tripartite Defense Pact

China Enacts Law to Balance Ethnic Unity and Cultural Diversity

देउवा : ‘राजालाई भनेकै हो– सरकारको हुकुम मान्छु, तर प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu