ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा बसपार्कमा पार्किङ विवादले उग्र रूप लिँदा चार जना घाइते, चार जना पक्राउ


ABC NEWS
३० श्रावण २०८३, शनिबार   १० : ०५   बजे

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङ गर्ने विषयमा भएको विवादले उग्र रूप लिँदा चार जना घाइते भएका छन्। विवादका क्रममा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार शुक्रबार मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौलासहितको समूह र अर्को पक्षबीच बसपार्कमा गाडी पार्किङको विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।

घटनामा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रिन र राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ घाइते भएका छन्।

प्रहरीका अनुसार गोले र पाख्रिनको अवस्था मध्यम रहेको छ भने आले मगर र तामाङको अवस्था सामान्य छ। घाइते चारै जनालाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ।

घटना लगत्तै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा, मनहरी गाउँपालिका–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ३७ वर्षीय लक्ष्मण विष्ट रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

थप व्यक्तिको खोजी

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको जनाएको छ। पार्किङको सामान्य विवाद कसरी धारिलो हतियार प्रयोग हुने अवस्थामा पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा प्रयोग भएको हतियारलगायतका विषयमा थप अनुसन्धानपछि विवरण स्पष्ट हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

मधुश्रावणी पर्व आज समापन हुँदै, प्रेम, संस्कृति र नवविवाहिताको भावनासँग जोडिएको मैथिल पर्व

स्याङ्जामा किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान

नेपाली मदिराको ट्रेडमार्कमा ‘स्कच’ र ‘स्कटिस’ शब्द प्रयोग गर्न नपाइने

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ १ पैसा

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ सिलबन्दी गर्न मेडिकल काउन्सिलको सिफारिस

ब्याट्री रिसाइक्लिङको जिम्मा आयातकर्तालाई मात्रै दिनु हुँदैन : आकाश गोल्छा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu