ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिम्बुङ पोखरीमा फुलेको केञ्जोले बढायो हिमाली सौन्दर्य


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : ३५   बजे

फिदिम, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित तिम्बुङ पोखरी आसपासका हिमाली चौर यतिबेला केञ्जो फुलेर सेताम्मे बनेका छन्। समुद्र सतहबाट करिब ४ हजार ३ सय मिटरभन्दा माथिको घाँसे मैदान तथा चट्टानी भूभागमा पाइने केञ्जो ढकमक्क फुलेपछि तिम्बुङ क्षेत्रको प्राकृतिक सौन्दर्य थप आकर्षक बनेको हो।

केञ्जो फुलेसँगै तिम्बुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको स्थानीयवासी बताउँछन्। हरिया पातमाथि तह–तहमा सेता पत्र फैलाउँदै फुलेका केञ्जो टाढाबाट हेर्दा हिमाली चौरमा उभिएका सेता टावरजस्तै देखिने भएकाले स्थानीयले यसलाई ‘हिमाली टावर’ भन्ने गरेका छन्।

तिम्बुङ पोखरीका पर्यटन व्यवसायी अमिर राईका अनुसार केञ्जो फुल्ने चौरलाई ‘केञ्जो गार्डेन’ र केञ्जोलाई ‘हिमाली टावर’ भन्ने गरिएको छ। पर्यटकहरू केञ्जोले ढाकिएको चौरमा पुगेर तस्बिर तथा भिडियो बनाउने, प्राकृतिक दृश्यावलोकन गर्ने र हिमाली वातावरणको आनन्द लिने गरेका छन्।

Image

Image

Image

Image

पर्यटक बढेसँगै संरक्षणको चुनौती

दुर्लभ तथा औषधीय गुण भएको मानिने केञ्जो पर्यटकको चाप बढेसँगै संरक्षणको चुनौतीमा परेको छ। केही आगन्तुकले फुलेका बोट भाँच्ने तथा उखेल्ने गरेको स्थानीयवासीको भनाइ छ।

तिम्बुङ क्षेत्रमा प्राकृतिक रूपमा नै पर्याप्त केञ्जो पाइने भए पनि पर्यटकको बढ्दो चापका कारण यसको संरक्षण आवश्यक भएको स्थानीयवासी बताउँछन्। उनीहरूले प्राकृतिक सौन्दर्य जोगाउन पर्यटकलाई फूल नटिप्न र बोट नउखेल्न आग्रह गरेका छन्।

केञ्जोको संरक्षणसँगै तिम्बुङ पोखरी क्षेत्रको प्राकृतिक पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन सके स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खोलामा बगेका ५ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गर्‍यो

पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

सम्बन्धित

करोडौँ खर्चिएको कान्तिताल बेहाल, झाडीले ढाकियो पर्यटकीय गन्तव्य

पाथीभरा मन्दिर परिसरका पुराना पाटीपौवा मर्मत

ब्युँतियो १,६०० वर्षपछि फेरि सप्तपाताल : पोखरीसँगै फर्किँदैछ पाटनको पानी, सम्पदा र संस्कृति

मकवानपुरको पाथीभरा मन्दिर

५० वर्षपछिको पर्यटन सोच : नेपाललाई विश्वकै गन्तव्य बनाउने कानुन खोज्दै सरकार

पर्यटन विकासका लागि भवन होइन, साझा गन्तव्य दृष्टिकोण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu