ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीका प्रेमबहादुरको मौरीपालन : ५० घारबाट वर्षमा दुई क्विन्टल मह


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

बैतडीका प्रेमबहादुरको मौरीपालन : ५० घारबाट वर्षमा दुई क्विन्टल मह

 

विष्टका घरको भित्तामा लहरै मौरीका घार देखिन्छन्। घार राख्ने ठाउँको अभाव भएपछि उनले बाटोको किनार र भिरपाखासमेत प्रयोग गर्दै आएका छन्। अहिले उनीसँग करिब ५० घार मौरी छन्।

विष्टले वर्षमा करिब दुई क्विन्टल मह उत्पादन गर्छन्। स्थानीय बजारसँगै जिल्लाबाहिर समेत मह बिक्री हुने भएकाले उत्पादित महका लागि बजारको समस्या नरहेको उनी बताउँछन्। स्थानीय बजारमा प्रतिकिलो करिब १ हजार ५ सय रुपैयाँका दरले मह बिक्री हुने गरेको छ।

‘लामो समयदेखि मौरीपालन गरेको हुँ। व्यवसाय बढाउँदै यहाँसम्म ल्याइपुर्‍याएको छु। घार राख्ने ठाउँ नभएर सडक किनार र भिरपाखामा पनि राखेको छु,’ विष्टले भने।

उनका अनुसार मौरीपालनबाट वार्षिक करिब अढाइदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। चैत–वैशाखमा एकपटक र कात्तिक–मङ्सिरमा अर्को पटक गरी वर्षमा दुईपटक मह निकाल्ने गरिएको उनले बताए। प्रत्येक पटक एक क्विन्टलभन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ छ।

‘चैत–वैशाखको बीचमा एकपटक र कात्तिक–मङ्सिरमा दोस्रोपटक गरी दुईपटक मह निकाल्छु। एकपटक निकाल्दा एक क्विन्टलभन्दा बढी हुन्छ,’ उनले भने।

गाउँमै रोजगारी र आम्दानीको आधार

युवाहरू रोजगारीका लागि विदेश जाने क्रम बढिरहेका बेला विष्टले भने आफ्नै गाउँमा मौरीपालनलाई आम्दानीको मुख्य आधार बनाएका छन्। मह बिक्रीबाट प्राप्त आम्दानीले घरपरिवार चलाउँदै आएका उनी मौरीपालनको सम्भावना अझै ठूलो रहेको बताउँछन्।

बजारमा महको माग बढ्दै गएकाले व्यवसाय विस्तार गर्न सके बिक्रीको समस्या नहुने उनको विश्वास छ। मौरीपालनसँगै उनी बाख्रापालनमा समेत संलग्न छन्।

स्थानीय स्तरमै उत्पादित महको माग रहनुले व्यावसायिक मौरीपालनबाट ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानी सिर्जना गर्न सकिने सम्भावना देखाएको छ।

परम्परागत घारमै निर्भरता

आम्दानीको सम्भावना राम्रो भए पनि विष्टले अझै परम्परागत काठका घार प्रयोग गरिरहेका छन्। आधुनिक मौरीघारको अभावका कारण मौरी संरक्षणमा चुनौती हुने गरेको उनको अनुभव छ।

‘आधुनिक घारहरू छैनन्। काठका परम्परागत घारमा जङ्गली जनावर मलसाप्रो र वर्षात्को समयमा चिसोबाट पनि बचाउन सकस हुने गरेको छ,’ उनले भने।

घार राख्ने पर्याप्त स्थानको अभावसमेत उनको अर्को समस्या हो। घरमा घार राख्ने ठाउँ नपुग्दा सडक किनार र भिरपाखामा समेत मौरीका घार राख्नुपर्ने अवस्था रहेको उनले बताए।

विषादीले थपिँदै चुनौती

पछिल्लो समय तरकारी खेतीमा प्रयोग हुने विषादीले मौरीपालनमा थप जोखिम सिर्जना गरेको विष्टको भनाइ छ।

मौरी फूल फुलेका क्षेत्रमा पुग्ने भएकाले विषादी प्रयोग गरिएका तरकारी बारीमा पुगेपछि मौरी मर्ने गरेको उनले बताए।

‘मौरीहरू फूल फुलेको ठाउँमा पुग्छन्। तरकारी खेतीमा विषादीको प्रयोगले मौरी पनि मर्ने गरेका छन्,’ विष्टले भने।

कृषिमा विषादीको असावधानीपूर्ण प्रयोगले मौरी मात्र नभई परागसेचन प्रक्रियामा समेत असर पार्न सक्ने भएकाले मौरीपालक र किसानबीच समन्वय आवश्यक देखिन्छ।

स्थानीय उत्पादनको सम्भावना

विष्टको २५ वर्षे अनुभवले ग्रामीण क्षेत्रमा मौरीपालन केवल परम्परागत जीविकोपार्जनको माध्यम नभई व्यावसायिक आम्दानीको स्रोत बन्न सक्ने देखाउँछ। स्थिर बजार, आधुनिक घार, प्राविधिक सहयोग र विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतना बढाउन सकिए बैतडीमा मौरीपालन विस्तारको सम्भावना अझै ठूलो रहेको स्थानीय अनुभवले देखाएको छ।

विष्टजस्ता किसानलाई आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरी रोग नियन्त्रण, तालिम र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै विदेशिने युवालाई गाउँमै व्यावसायिक कृषितर्फ आकर्षित गर्न सकिने सम्भावना छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनलाइनबाटै स्वास्थ्य बीमा आबद्धता र नवीकरण गर्न सकिने

नेपालद्वारा इन्डोनेसियाको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

सम्बन्धित

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

धनगढीमा व्यावसायिक ड्रागन फ्रुट खेती

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी

बर्दियामा आठ सय हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार

व्यवसायीलाई कपास खेतीमा लगानी गर्न उद्योगमन्त्री यादवको आग्रह

किसानदेखि उपभोक्तासम्मका बिचौलिया घटाउने सरकारको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu