ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर अवलोकन गर्दै अर्थमन्त्री वाग्ले


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–टु’ को उत्पादन प्रक्रिया अवलोकन गरेका छन्।

बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर मन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको पहल प्रशंसनीय रहेको बताउँदै स्वदेशी विद्युतीय सवारीसाधन उत्पादनलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटरलाई विश्व बजारसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। “तपाईंहरूले गरेको मेहनत सराहनीय छ। नेपालमै डिजाइन भएर निर्माण भएको विद्युतीय स्कुटर यात्री पी–टु सुखद कुरा हो। यसले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्नुपर्छ,” उनले भने।

मन्त्री वाग्लेले नेपालले आफैँ दुईपांग्रे विद्युतीय सवारीसाधन डिजाइन तथा निर्माण गर्नु ऐतिहासिक कदम भएको बताए। उत्पादनको लागत, गुणस्तर र बजार विस्तारमा ध्यान दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढ्न उनले सुझाव दिए।

कठिन भूभागमा परीक्षण

सिप्रदी यात्रीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ‘यात्री पी–टु’ नेपालका कठिन भूभागमा परीक्षण भइसकेको जानकारी दिए। उनका अनुसार नेपालमै दुईपांग्रे विद्युतीय सवारीसाधनको डिजाइन र उत्पादन हुनु महत्वपूर्ण उपलब्धि हो।

श्रेष्ठले स्कुटर छिट्टै सर्वसाधारणका लागि बिक्रीमा ल्याउने तयारी भइरहेको बताए। कम्पनीका अधिकारीका अनुसार डीसी चार्जरयुक्त दुईपांग्रे विद्युतीय सवारीसाधन नेपालमै निर्माण हुनु विशेष उपलब्धि हो।

उनले विद्युतीय ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने मागसमेत गरे।

सिप्रदीसँगको सहकार्य

नेदरल्यान्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा ‘यात्री मोटरसाइकल’ नामक स्टार्टअप स्थापना गरेका थिए। पछि सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा कम्पनी ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो।

कम्पनीले आफ्नै डिजाइन र इन्जिनियरिङमा स्कुटर विकास गरी आवश्यक गुणस्तर परीक्षणपछि ‘यात्री पी–टु’ निर्माण गरेको जनाएको छ।

अर्थमन्त्री वाग्लेले कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेसँग स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, पार्टपुर्जा र परीक्षण प्रक्रियाबारे जानकारी लिएका थिए।

विश्व बजारमा प्रतिस्पर्धा गर्न सुझाव

मन्त्री वाग्लेले नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र सीमित नराखी विश्व बजारमा विस्तार गर्नुपर्ने बताए। उनले नेपाली इन्जिनियर र डिजाइनरको मेहनतको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपालमा निर्मित ‘यात्री पी–टु’ ले अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सकोस् र नेपाली उपभोक्ताले समेत खोजीखोजी चढ्ने अवस्था बनोस् भन्दै शुभकामना दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनलाइनबाटै स्वास्थ्य बीमा आबद्धता र नवीकरण गर्न सकिने

नेपालद्वारा इन्डोनेसियाको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

सम्बन्धित

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’

खराब कर्जाको समस्या कायमै: नाफा बढ्दा पनि बैंकहरूको वित्तीय स्वास्थ्यमा पूर्ण सुधार भएन

प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह

सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो

प्रहरी सुधार : जनताको सेवक बनाउने कि शक्तिको प्रतीक?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu