ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ९ : २५   बजे

काठमाडौं । लामो समयदेखि एलपीजी ग्यासको अभाव झेल्दै आएका काठमाडौं उपत्यकाका उपभोक्ताले सरकारी पहलमा विभिन्न स्थानबाट ग्यास पाएपछि राहत महसुस गरेका छन्।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीकी तारा तामाङले घरनजिकैका ग्यास बिक्रेताकहाँ पटकपटक नाम टिपाउँदा पनि सिलिन्डर पाउन नसकेपछि बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरमा आएर ग्यास लिनुभयो। उहाँले एक थान सिलिन्डर पाएपछि केही राहत भएको बताउनुभयो।

“ग्यासका लागि धेरै दुःख गर्नुपर्‍यो। जडीबुटी आसपासका ग्यास बिक्रेताले नाम टिप्नसमेत मान्दैनथे,” उहाँले भन्नुभयो, “कम्तीमा यहाँ एक थान सिलिन्डर पाउँदा ठूलो राहत भएको छ।”

अनामनगरका रोजन मल्लले पनि केही समय लाइन बसेपछि ग्यास पाएपछि खुसी व्यक्त गर्नुभयो। सरकारले एकै ठाउँमा विभिन्न कम्पनीका ग्यास बिक्रीको व्यवस्था मिलाउँदा उपभोक्तालाई सहज भएको उहाँको भनाइ छ।

रातोपुलबाट बबरमहल ग्यास लिन आएकी विनिता त्रिपाठीले एक सातादेखि ग्यासको अभाव झेल्नुपरेको बताउनुभयो। एकै ठाउँमा विभिन्न कम्पनीका सिलिन्डर उपलब्ध भएपछि सहज भएको उहाँले बताउनुभयो।

पाँच स्थानबाट ग्यास वितरण

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा आज उपत्यकाका पाँच स्थानबाट विभिन्न ब्रान्डका एलपीजी ग्यास बिक्री–वितरण गरिएको छ।

बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्यलगायतका ग्यास बिक्री भइरहेको छ।

निगमका उपप्रबन्धक रविलाल घिमिरेका अनुसार बिहान १० बजेदेखि विभिन्न कम्पनीका ग्यास वितरण गरिएको हो। ग्यास लिन सर्वसाधारणको भीड लागेपछि सुरक्षाकर्मीसँग समन्वय गरेर वितरण व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार टेकु, चाबहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलबाट ग्यास वितरण गरिएको छ। तोकिएका बिक्री केन्द्रमा आउने उपभोक्तालाई सकेसम्म रित्तो हात नफर्काउने गरी ग्यास उद्योगीसँग समन्वय गरिएको उहाँले बताउनुभयो।

टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ र हिमाल ब्रान्डका ग्यास वितरण गरिएको छ। चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी तथा कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास बिक्री गरिएको निगमले जनाएको छ।

त्यस्तै, बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ब्रान्डका ग्यास वितरण गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनलाइनबाटै स्वास्थ्य बीमा आबद्धता र नवीकरण गर्न सकिने

नेपालद्वारा इन्डोनेसियाको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’, जनकपुरमा आज छलफल

विकास निर्माणमा स्थानीयको निगरानी र सरकारी निकायसँग समन्वय आवश्यक : मन्त्री खत्री

अनलाइनबाटै स्वास्थ्य बीमा आबद्धता र नवीकरण गर्न सकिने

ओलीको आक्रोश– ‘१९० तोला सुनको स्रोत खोज्न नपाइने, हाम्रो स्टकोटको खोज्ने?’

नेपालद्वारा इन्डोनेसियाको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu