काठमाडौं । लगातारको वर्षाका कारण अछामस्थित कर्णाली नदीको जलस्तर सतर्कता तहभन्दा माथि पुगेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानदेखि नदीको जलस्तर निरन्तर बढिरहेको छ ।
महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान जोखिममा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रका स्थानीयलाई शनिबार बेलुकासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
महाशाखाका अनुसार बिहान ९ः०५ बजे अछाम जलमापन केन्द्रमा कर्णाली नदीको जलसतहले सतर्कता तह पार गरेको हो । नदीको बहाव अझै बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले कर्णाली नदी आसपासका स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी गर्नसमेत अनुरोध गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्