ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका प्रधानसेनापति धीरज सेठ चारदिने नेपाल भ्रमणमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ०५   बजे

काठमाडौँ । भारतका प्रधानसेनापति धीरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

त्यसैगरी, भारतीय प्रधानसेनापति सेठ र नेपाली सेनाका प्रधानसेनापति सिग्देलबीच सोमबार जंगी अड्डामा द्विपक्षीय वार्ता हुनेछ । वार्तामा दुई देशबीचको सैन्य सहकार्य, तालिम तथा संयुक्त अभ्यासलगायत विषयमा छलफल हुने बताइएको छ ।

नेपाल–भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीच लामो समयदेखि घनिष्ठ तथा ऐतिहासिक सैन्य सम्बन्ध रहँदै आएको छ । दुई देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास तथा तालिम र अनुभव आदानप्रदान हुँदै आएको छ ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि चलिआएको छ ।

दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परालाई पारस्परिक सम्मान र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यसले नेपाल–भारत सैन्य साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विवाद : बैंकको धितो अधिकार कि प्राधिकरणको स्वामित्व?

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu