ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई ‘नेपालमा अवसर छैन’ भनेर निराश बनाउनु हुँदैन : प्राध्यापक सेढाइ


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ०५   बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाइले नेपालमा अवसर छैन भन्दै युवालाई निराश बनाउनेभन्दा देशभित्रै रहेका सम्भावना पहिचान गरी आशा र आत्मविश्वास बढाउनुपर्ने बताएकी छन् ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा बोल्दै सेढाइले नेपालमै गुणस्तरीय शिक्षा, सीप विकास र रोजगारीका अवसर सिर्जना गर्न सकिने बताइन् ।

उनले नेपालमा खुलेका शैक्षिक कन्सल्टेन्सीहरूले ‘नेपालमा केही हुँदैन, विदेश गएपछि मात्रै अवसर पाइन्छ’ भन्ने भाष्य निर्माण गरिरहेको दाबी गरिन् । नेपालमा सम्भावना हुँदाहुँदै पनि युवालाई निराश बनाउने वातावरण निर्माण भइरहेको उनको भनाइ छ ।

उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम आवश्यक

सेढाइले विश्वविद्यालयले उद्योग तथा व्यवसायीको आवश्यकताबारे पर्याप्त छलफल गरेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताइन् ।

नेपालमा उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी तथा व्यवसायीसँग छलफल गरेर पाठ्यक्रम निर्माण गर्न नसकिएको स्वीकार गर्दै उनले यसमा शैक्षिक क्षेत्रले कमजोरी गरेको बताइन् ।

‘नेपालमा भएका उद्योगलाई कस्ता जनशक्ति चाहिएको छ भनेर हामीले कोर्स बनाउनुअघि उहाँहरूलाई बोलाएर छलफल गर्न सकेनौँ । त्यसमा हामीले गल्ती गरेका छौँ भन्नुपर्छ,’ उनले भनिन् ।

उनले किताबको ज्ञान मात्रै नभई व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइन् ।

नीति कार्यान्वयनमा जोड

युवाको उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनका लागि सरकारले नीति तथा कार्यक्रम बनाए पनि प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले बताइन् ।

‘पोलिसी बनेको छ, प्रोग्राम बनेको छ । तर त्यो कागजमा मात्रै सीमित भयो,’ उनले भनिन्, ‘भएका नीतिमा आवश्यक परिमार्जन गरेर व्यवहारमा कार्यान्वयन गर्न सक्यौँ भने धेरै काम गर्न सक्छौँ ।’

उनले देशभर सीप विकासका कार्यक्रम विस्तार गर्न सरकार र निजी क्षेत्रलाई आग्रह गरिन् । स्थानीय तहदेखि निजी क्षेत्रसम्मले सीप विकासका कार्यक्रम सञ्चालन गर्न सके युवालाई स्वदेशमै अवसर खोज्न सहज हुने उनको भनाइ छ ।

निजी क्षेत्रलाई लगानी गर्न आग्रह

सेढाइले निजी क्षेत्रलाई पनि युवाको सीप विकासमा लगानी गर्न आग्रह गरिन् । शैक्षिक संस्था र युवालाई लक्षित गरी सीप विकासमा लगानी गर्ने व्यवसायिक घरानालाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताइन् ।

नेपालमा अवसर सिर्जना गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीच सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउँदै उनले आफू नेतृत्वमा रहेका विभाग तथा विभिन्न क्याम्पसको सञ्जालमार्फत निजी क्षेत्रसँग सहकार्यको वातावरण बनाउन सकिने बताइन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विवाद : बैंकको धितो अधिकार कि प्राधिकरणको स्वामित्व?

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu