ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ४५   बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै अहिले असन्तुष्ट बनेको टिप्पणी गरेका छन्।

आइतबार झापाको बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को शुभारम्भ गर्दै ओलीले पार्टीभित्रका असन्तुष्टि विधान र संस्थागत प्रक्रियामार्फत राख्नुपर्ने बताए।

“नपाउने मान्छे खास असन्तुष्ट छैनन्। पाएका असन्तुष्ट छन्। खाएका, लगाएका असन्तुष्ट छन्। जसले पार्टीबाट पर्याप्त अवसर लिए, तिनै असन्तुष्ट छन्,” ओलीले भने।

उनले पार्टीबाट अवसर पाएका केही व्यक्तिले आफूले निरन्तर अवसर पाइरहनुपर्ने अपेक्षा राखेको र अरूले अवसर पाउने अवस्था आएपछि असन्तुष्ट हुने गरेको आरोप लगाए।

ओलीले यस्तो प्रवृत्तिलाई उदाहरण दिँदै भने, “किर्नाले पनि टन्न खाएर अघाएपछि भैँसीको जिउबाट भुइँमा झर्छ। एमालेलाई पनि त्यस्तै भैँसी बनाउन खोजेका छन्।”

तर एमाले निरन्तर नयाँ कार्यकर्ता उत्पादन गर्दै अघि बढ्ने पार्टी भएको उनले बताए। “एमाले त्यस्तो भैँसी होइन। एमाले त लगातार कार्यकर्ता उत्पादन गरेर अघि बढ्ने पार्टी हो,” उनले भने।

उनका अनुसार पार्टीमा सबै कार्यकर्ताले सधैँ अवसर पाउने अवस्था हुँदैन। अवसर नपाएका कतिपय कार्यकर्ताले पनि पार्टीप्रति निरन्तर योगदान दिइरहेको तर अवसर पाएका केही व्यक्तिले भने पछिल्लो निर्वाचनमा समेत पार्टीलाई साथ नदिएको ओलीको आरोप थियो।

“केही नपाएकाले यसपटक पनि भोट हाले। केही पाएकाले यसपटक भोट हालेनन्। केही मान्छे त्यस्ता निस्किए, जो पाइरहन चाहन्छन्। अर्काले पाउने भो भने बुर्लुक उफ्रन्छन्,” उनले भने।

ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर पार्टी अध्यक्ष हटाउने तथा बाहिर हस्ताक्षर अभियान सञ्चालन गर्ने गतिविधिप्रति पनि आपत्ति जनाए। यस्ता गतिविधि पार्टीको विधान र संस्थागत प्रक्रियाविपरीत भएको उनको भनाइ थियो।

“सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने, बाहिर हस्ताक्षर क्याम्पियन गरेर अध्यक्ष हटाउने। यस्तो हुन्थ्यो र? पार्टीमा त्यो शैली हुन्छ?” ओलीले प्रश्न गरे।

उनले यस्ता गतिविधिलाई अराजकताको संज्ञा दिँदै पार्टीको नेतृत्वप्रति असन्तुष्टि भए संस्थागत रूपमा आफ्नो धारणा राख्नुपर्ने बताए। पार्टी र अध्यक्ष मन नपरे छाड्न सकिने, तर अराजक गतिविधि गर्न नहुने उनको भनाइ थियो।

“कसैलाई मन परेन भनेर बिहे गरेर श्रीमती छोडेका छन्। अध्यक्ष छोड्न किन पाइँदैन? मन परेन भने कसको के लाग्छ,” ओलीले भने।

पार्टीभित्र नेतृत्वले पनि अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा ओलीले जोड दिए। माथिल्लो तहका नेताले कसैलाई हेप्ने, होच्याउने, अपमान गर्ने वा हप्काउने व्यवहार गर्न नहुने उनले बताए।

“कसैले कसैलाई हेप्ने, होच्याउने, अपमान गर्ने, हप्काउन पाइन्छ?” ओलीले प्रश्न गरे।

आफूले राजनीतिक जीवनमा कसैलाई हप्काउने व्यवहार नगरेको दाबी गर्दै उनले आफूले हप्काएर कसैलाई बेहोस बनाएको भन्ने चर्चा पनि गलत भएको बताए।

ओलीको पछिल्लो अभिव्यक्ति एमालेभित्र नेतृत्व, पुनर्गठन र संगठनात्मक सुधारका विषयमा बहस चलिरहेका बेला आएको हो। पार्टीभित्र असन्तुष्ट समूहले नेतृत्व तथा कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला अध्यक्ष ओलीले भने संस्थागत प्रक्रियाबाहिरबाट नेतृत्व परिवर्तनको प्रयास स्वीकार्य नहुने स्पष्ट संकेत दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

सेउता प्रवेश गर्न खोज्ने २९४ प्रवासी मोरक्कोमा पक्राउ

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

Nepal Orders Geological Study of Landslide-Hit Western Regions

Nepal’s Ruling Party Launches Program for Direct Citizen Engagement

Yasukuni Shrine: Honoring War Dead or Glorifying Japan’s Wartime Past?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu