विराटनगर । कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र जिम्मेवारी टुंगो लागेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।
दुई दलबीच भएको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। यससँगै एक–एक जना राज्यमन्त्रीको जिम्मेवारीसमेत टुंगो लगाइएको छ।
मन्त्रीहरूको नाम र जिम्मेवारी
- हिक्मतकुमार कार्की — मुख्यमन्त्री
- विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना मन्त्रालय
- रामप्रसाद मेहता — उद्योग, कृषि तथा सहकारी मन्त्रालय
- तिलचन पाठक — खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
- खिनु लिम्बु — पर्यटन, वन तथा वातावरण मन्त्रालय
- जीवन आचार्य — भौतिक पूर्वाधार विकास मन्त्रालय
- गम्बु शेर्पा — आन्तरिक मामिला तथा कानुन मन्त्रालय
- गीता तिम्सिना — सामाजिक विकास मन्त्रालय
- सपना परियार — राज्यमन्त्री, भौतिक पूर्वाधार विकास
- उमाकान्त गौतम — राज्यमन्त्री, स्वास्थ्य मन्त्रालय
पहिलोपटक मन्त्रिपरिषद् हेरफेर
मुख्यमन्त्री कार्कीले कार्यभार सम्हालेपछि पहिलोपटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। यसअघि सरकारमा रहेका केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरिएको हो।
नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएपछि दुई दलबीच भएको मन्त्रालय बाँडफाँटअनुसार नयाँ जिम्मेवारी दिइएको हो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्