ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ कारागारमा सर्च अपरेशन रोकियो, कैदीद्वारा आक्रमण र आत्मदाहको धम्की


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

काठमाडौं । विराटनगरस्थित जिल्ला कारागार मोरङभित्र लागूऔषध पुग्ने गरेको सूचनापछि प्रहरीले सोमबार बिहान सर्च अपरेशन सञ्चालन गर्ने प्रयास गरे पनि कैदीबन्दीको विरोधका कारण अभियान रोकिएको छ।

प्रहरीले सर्च अपरेशन सुरु गरेलगत्तै कैदीबन्दीले नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सम्भावित घटना रोक्न कारागारबाहिर ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार कारागारभित्रबाट आक्रमण तथा आत्मदाह गर्ने धम्की आएपछि सर्च अभियान रोकिएको हो।

उनका अनुसार आइतबार कारागारमा विपश्यनाको योजना बनाउन प्रवेश गर्न खोज्दा पनि कैदीबन्दीले रोक लगाएका थिए। शंकास्पद गतिविधि हुन सक्ने अनुमानपछि सोमबार सर्च अभियान सञ्चालन गर्न खोजिएको भए पनि भित्रको अवस्था उग्र हुने देखिएपछि अभियान रोकिएको हो।

चौकिदार नियुक्तिको विवाद

आइतबारदेखि नै मोरङ कारागारको ‘बी ब्लक’ का कैदीबन्दीले विरोध गर्दै आएका थिए। ‘बी ब्लक’ का चौकिदार चञ्चल शर्मासहित केही कैदीलाई अन्य जिल्लाको कारागारमा पठाएर नयाँ चौकिदार नियुक्त गर्ने तयारी भएको भन्दै उनीहरूले कारागार प्रशासनविरुद्ध नाराबाजी गरेका हुन्।

कारागार स्रोतका अनुसार ‘ए ब्लक’ का चौकिदार राकेश यादव पक्षले ‘बी ब्लक’ मा पनि आफू निकट व्यक्तिलाई चौकिदार बनाउन चलखेल गरेको आरोप छ। दुई ब्लकका चौकिदारबीचको विवादका कारण कैदीबन्दीसमेत विभाजित भएको बताइएको छ।

चौकिदार नियुक्तिमा आर्थिक चलखेलको आरोप

लामो समयदेखि कारागारमा रहेका र असल चालचलन भएका कैदीलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्ने र विभागले चौकिदार नियुक्त गर्ने कानुनी व्यवस्था रहेको बताइएको छ।

तर, कारागारभित्र चौकिदार बन्ने विषयमा आर्थिक चलखेल तथा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको स्रोतको दाबी छ। मोरङ कारागारका ‘ए ब्लक’ का चौकिदार राकेश यादवसमेत कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका व्यक्ति हुन्।

चौकिदार नियुक्ति प्रक्रिया स्थगित

सरकारले पछिल्लो समय कारागारका चौकिदार, नाइके र भाइ नाइकेको नियुक्ति प्रक्रियासमेत स्थगित गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले चौकिदार, नाइके र भाइ नाइकेको नियुक्ति प्रक्रिया स्थगित गरिएको जानकारी दिएका थिए। कारागारभित्र हुने आर्थिक लेनदेन तथा नियुक्तिमा देखिएको अपारदर्शिता अन्त्य गर्न यस्तो निर्णय गरिएको बताइएको छ।

कारागार नियमावली २०८३ अनुसार आन्तरिक व्यवस्थापनका लागि प्रत्येक ब्लकमा एक जना चौकिदार, २५ जना कैदी बराबर एक जना नाइके र १० जना बराबर एक जना सहनाइके नियुक्त गर्ने व्यवस्था रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध अवहेलना मुद्दा : सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अनुगमन टोली पुग्दा गौशालाको डेन्टल क्लिनिक बन्द, सञ्चालक सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको दबदबा, ६ दिनमै ३०० भन्दा बढी गाडी बुकिङ

Recent Earthquakes Prompt Questions About Increasing Seismic Activity

Hundreds of Migrants Protest in Spanish Enclave of Ceuta, Demanding Asylum

पत्रकार खेम भण्डारीविरुद्ध अवहेलना मुद्दा : सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

Gaza Teenager Finds Solace And Success Through Cooking Amidst Conflict

Drone Attack Targets Iraqi Kurdish Prime Minister’s Office

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu