काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गर्न लागेको ‘क्यान्डिडेट क्लब’बारे प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्न थालेपछि सभामुखले सांसद सुलभ खरेललाई रोकेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद खरेलले रास्वपाले सोमबारदेखि स्थानीय तथा प्रदेश तहमा उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागेको जानकारी गराए। देशभरबाट योग्य तथा विज्ञ व्यक्तिहरूलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले क्लब सुरु गर्न लागेको भन्दै उनले धन्यवादसमेत व्यक्त गरे।
त्यसपछि उनले संविधानमा प्रदेशसभा र केन्द्रका सदस्यसम्बन्धी विषय उठाउन थालेपछि सभामुखले उनलाई रोके।
सभामुखले भने, “माननीय सदस्यले आकस्मिक समय माग्नुभएको थियो। माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन। त्यसकारण बसौँ माननीय सदस्य, बसौँ।”
सभामुखको निर्देशनपछि सांसद खरेल आफ्नो आसनमा बसेका थिए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्