ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारलाई आफ्नै नागरिक चिन्न यति धेरै कागज किन चाहिन्छ?’ : सांसद कार्की


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले पटक–पटक परिचय तथा कागजात प्रमाणित गर्नुपर्ने झन्झट अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा हरेकपटक विभिन्न कागजात मागिनु डिजिटल शासनको प्रभावकारितामाथि नै प्रश्न भएको बताए।

उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रजस्ता परिचयपत्र हुँदाहुँदै पनि सरकारी कार्यालयमा थप प्रमाण खोज्ने प्रवृत्तिले नागरिकलाई अनावश्यक सास्ती भइरहेको बताए।

‘सरकारलाई मेरो सरल प्रश्न छ, सरकारलाई आफ्नै नागरिक चिन्नको लागि यति धेरै कागज किन चाहिन्छ? आफ्नै देशमा आफ्नो पहिचान प्रमाणित गर्न नागरिकले कति पटक प्रमाण दिनुपर्ने हो?’ उनले प्रश्न गरे।

उनले राज्यसँग नागरिकको विवरण भए पनि सरकारी प्रणालीबीच आवश्यक समन्वय हुन नसकेको टिप्पणी गरे।

‘नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लाइसेन्स छ तर पनि यीमध्ये एउटाले पुग्दैन। सरकारी कार्यालयमा पुग्यो कि फेरि अर्को प्रमाण खोजिन्छ,’ उनले भने।

‘नागरिकको झोलामा होइन, प्रणालीमा विवरण खोजिनुपर्छ’

सांसद कार्कीले नागरिकले सरकारी सेवा लिन जाँदा धेरैवटा कागजात बोकेर हिँड्नुपर्ने अवस्थाप्रति व्यंग्य गर्दै डिजिटल प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए।

‘सरकारी कार्यालयमा पुग्दा लाग्छ नागरिकसँग परिचयपत्र हैन परिचयपत्रको परिवार नै साथमा ल्याउनुपर्ने रहेछ। एउटै नागरिक चार वटा परिचयपत्र तर सरकारको विश्वास चाहिँ शून्य,’ उनले भने।

उनले प्रविधिको प्रयोग गरेर नागरिकको विवरण सरकारी प्रणालीबाटै प्रमाणित हुने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

‘यो कस्तो डिजिटल सरकार हो जहाँ नागरिकको विवरण कम्प्युटरमा होइन नागरिककै झोलामा खोजिन्छ?’ उनले प्रश्न गरे।

एकीकृत डिजिटल प्रणालीको माग

कार्कीले सरकारी सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन विभिन्न सरकारी निकायका सूचना प्रणालीबीच एकीकरण आवश्यक रहेको बताए।

नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्रजस्ता आधारभूत विवरणका आधारमा आवश्यक सूचना सरकारी प्रणालीबाटै प्राप्त हुने व्यवस्था मिलाउन सके नागरिकले पटक–पटक कागजात बोकेर कार्यालय धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।

उनले प्रविधि उपलब्ध हुँदाहुँदै पनि त्यसको प्रभावकारी प्रयोग हुन नसकेको भन्दै एकीकृत डिजिटल प्रणालीमार्फत नागरिकलाई सहज सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पत्रकार खेम भण्डारीविरुद्ध अवहेलना मुद्दा : सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अनुगमन टोली पुग्दा गौशालाको डेन्टल क्लिनिक बन्द, सञ्चालक सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको दबदबा, ६ दिनमै ३०० भन्दा बढी गाडी बुकिङ

Recent Earthquakes Prompt Questions About Increasing Seismic Activity

Hundreds of Migrants Protest in Spanish Enclave of Ceuta, Demanding Asylum

पत्रकार खेम भण्डारीविरुद्ध अवहेलना मुद्दा : सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

Gaza Teenager Finds Solace And Success Through Cooking Amidst Conflict

Drone Attack Targets Iraqi Kurdish Prime Minister’s Office

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu