काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतलाई आज प्रशिक्षण दिने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न खटाइएका निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन लागिएको हो।
कांग्रेसका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाको समेत उपस्थिति रहनेछ।
सभापति थापाले निर्वाचन अधिकृतलाई प्रशिक्षण दिनु १५औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने पहिलो चरण भएको बताएका छन्।
प्रशिक्षणमा निर्वाचन अधिकृतलाई महाधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रिया, जिम्मेवारी तथा आवश्यक कार्यविधिबारे जानकारी दिइनेछ। कांग्रेसले निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न प्रशिक्षण आयोजना गरेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्