ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबरजस्ती करणीसम्बन्धी कानुन संशोधन गर्न न्यायाधीश ढुङ्गानाको सुझाव


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले जबरजस्ती करणीसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्नुपर्ने बताएका छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजना गरेको ‘संहिता दिवस–२०८३’ कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै न्यायाधीश ढुङ्गानाले १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी प्रेम सम्बन्धमा रही सहमतिमा हुने शारीरिक सम्पर्कका कारण बालकको जीवनसमेत जोखिममा पर्ने अवस्था देखिएको भन्दै फौजदारी संहिता संशोधन आवश्यक रहेको बताएका हुन्।

उनले मुलुकी देवानी संहितामा सम्पत्तिको इच्छापत्रसम्बन्धी व्यवस्था पनि पुनरावलोकन गर्नुपर्ने धारणा राखे। कानुनी समुदाय र सांसदहरूबीच सहमति भई व्यवस्थापिका संसद्को समितिबाट पारित भइसकेको इच्छापत्रसम्बन्धी व्यवस्था हटाएर संहिता पारित गरिएको उनले बताए।

पुनरावेदनको म्यादमा एकरूपता आवश्यक

न्यायाधीश ढुङ्गानाले सरकारवादी फौजदारी मुद्दामा पुनरावेदनको म्याद फरक–फरक रहेकाले पुनरावेदन तहको कारबाही छिटोछरितो हुन नसकेको बताए।

सबै प्रकृतिका मुद्दामा वादी र प्रतिवादी दुवै पक्षलाई समान रूपमा ३५ दिनको पुनरावेदन म्याद तोक्नुपर्ने उनको सुझाव छ।

काबुबाहिरको अवस्था सिर्जना भएमा थप १५ दिनसम्म म्याद थमाउन सकिने एकरूप व्यवस्था गर्नुपर्ने पनि उनले बताए।

न्यायाधीश ढुङ्गानाले प्रचलित कानुनी व्यवस्थालाई समयानुकूल संशोधन र सुधार गर्दै न्याय प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पको प्रतिक्रिया

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पको प्रतिक्रिया

काम समयमै नसक्ने तीन निर्माण कम्पनी कालोसूचीमा

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी, आवेदन खुला

Nepal Sees Gains in Women’s Political Representation, Faces Digital Literacy Gap

Nepal Government Seeks To Cut Middlemen From Vegetable Supply Chain

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu