तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुलको दोस्रो आर्क निर्माणको काम भइरहेको छ।
पुलको पहिलो आर्क सफलतापूर्वक जडान भइसकेको छ। दोस्रो आर्कको काम सुरु भएसँगै पुल निर्माणको महत्वपूर्ण चरण अघि बढेको हो। निर्माण कार्यले गति लिएको र निर्धारित समयमै पुल सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।
चार लेनको यो पुल निर्माण सम्पन्न भएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि यात्राको समय घट्नुका साथै मादी नदी पार गर्दा हुने सवारी चाप र जोखिमसमेत कम हुने स्थानीयवासीको अपेक्षा छ।
पुलले तनहुँसँगै आसपासका जिल्लाको यातायात र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
मादी नदीमाथि निर्माणाधीन पुलको दोस्रो आर्कको काम भइरहेको तस्बिर कृष्ण न्यौपानेले खिचेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्