ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाँडाचक्र नगरपालिका क्षेत्रमा पहिरो, घर जोखिममा


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ८ : १५   बजे

कालीकोट । खाँडाचक्र नगरपालिका क्षेत्रमा ठूलो पहिरो जाँदा बजार क्षेत्रका दर्जनौँ घर जोखिममा परेका छन्। नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण भइरहेको क्षेत्रमा पहिरो गएपछि आसपासका घरको जगसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्।

भिरालो तथा भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा पर्याप्त सुरक्षा र पूर्वसावधानीबिना निर्माण कार्य अघि बढाउँदा पहिरोको जोखिम बढेको स्थानीयको आरोप छ। डोजर प्रयोग गरी जमिन उत्खनन गरिएको स्थानमा वर्षासँगै पहिरो खसेको बताइएको छ।

पहिरोका कारण केही घरको जगमुनिको माटो बगेको छ भने केही घर पहिरोको डिलमै पुगेका छन्। जुनसुकै बेला घर भत्किन सक्ने जोखिम बढेपछि स्थानीयवासी त्रासमा रात बिताउन बाध्य भएका छन्।

स्थानीयवासीका अनुसार तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री शुनिल लम्सालले निर्माणस्थलको निरीक्षण गर्दै जोखिमयुक्त क्षेत्रमा भवन निर्माण नगर्न र काम रोक्न सुझाव दिएका थिए। पहिरो नियन्त्रणका लागि पर्खाल निर्माण गरी सडक तथा बस्ती सुरक्षित गर्नसमेत उनले निर्देशन दिएको स्थानीयको भनाइ छ।

तर, प्राविधिक सुझाव बेवास्ता गर्दै निर्माण कार्यलाई निरन्तरता दिइएको स्थानीयले आरोप लगाएका छन्। प्रभावित क्षेत्रमा पहिरो थप फैलिन नदिन प्लास्टिकले ढाकिएको भए पनि यो दीर्घकालीन समाधान नभएको उनीहरूको भनाइ छ।

स्थानीय पवित्र शाहीले नागरिकका घर जोखिममा पारेर नयाँ प्रशासनिक भवन निर्माण गर्नु उचित नभएको बताइन्। “भवन त बन्न सक्छ, तर पहिरोले घर बगाए त्यसको क्षतिपूर्ति कसले दिन्छ ?” उनले प्रश्न गरिन्।

स्थानीय हिकमतजङ मल्लले समयमै सचेत गराउँदा पनि सम्बन्धित निकायले गम्भीरता नदेखाएको आरोप लगाए। उनले जोखिममा परेका घर तथा बस्तीको तत्काल संरक्षण गर्न र लापरबाही गर्नेहरूमाथि छानबिन तथा कारबाही गर्न माग गरे।

यता, खाँडाचक्र नगरपालिकाका इन्जिनियर रत्न भण्डारीले प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माणस्थलबीच असमानता देखिएको बताएका छन्। आफूले त्यसकारण अन्तिम फाइलमा हस्ताक्षर नगरेको उनको भनाइ छ।

पहिरोका कारण बजार तथा बस्ती नै जोखिममा परेपछि तत्काल भू–प्राविधिक अध्ययन गरी दीर्घकालीन संरक्षणको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Faces Loss of Indigenous Seeds as Farmers Favor Hybrid Crops

Missile Strikes Escalate Conflict as Civilian Toll Mounts in Ukraine and Russia

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu