ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज ३० जिल्लामा आकस्मिक बाढीको जोखिम, नदीमा बहाव बढ्ने


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ९ : ३५   बजे

काठमाडौं । वर्षासँगै देशका ३० जिल्लामा आज (भदौ २ गते) आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख, दाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदीमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलानालाको आसपासका बस्ती र सडक क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै महाकाली, कर्णाली र नारायणीसहित केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलाको जलस्तर अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न महाशाखाले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए

सम्बन्धित

भदौ २ मा बझाङमा भारी वर्षा, थलरामा ९८.८ मिलिमिटर पानी

काम समयमै नसक्ने तीन निर्माण कम्पनी कालोसूचीमा

कोहलपुरबाट १३ किलो अफिमसहित दुईजना पक्राउ

कालीमाटीमा प्याजको भाउ किलोको ७० रुपैयाँ पुग्यो

नाडा अटो शो भदौ ९ देखि, २ लाख आगन्तुक आउने अपेक्षा

अब ७७ वटै जिल्लामा ‘सरकारी कुरियर’ सेवा, घरदैलोमै पुग्न थाले राहदानीदेखि लाइसेन्ससम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu