ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : ४५   बजे

विराटनगर । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोसी प्रदेशमा पनि मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले नेकपाका चार सांसदलाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूमा खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण, जीवन आचार्य भौतिक पूर्वाधार विकास, गोम्बू शेर्पा आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिना सामाजिक विकासमन्त्री बनेका छन्। सपना दर्जी राज्यमन्त्री नियुक्त भएकी छन्।

मन्त्रिमण्डल विस्तारसँगै कोसीमा एमाले र नेकपाको संयुक्त सरकार बनेको छ भने कांग्रेस प्रमुख प्रतिपक्षीको बेञ्चमा पुगेको छ।

प्रदेशसभाको दोस्रो निर्वाचनपछि कोसीमा पटक–पटक सरकार परिवर्तन हुँदै आएको छ। करिब चार वर्षको अवधिमा मुख्यमन्त्री मात्रै ६ पटक फेरिएका छन्। यही अवधिमा प्रदेशसभाका ४३ सांसद मन्त्री बनेका छन्।

प्रदेशमा सरकार फेरबदलसँगै मन्त्रीहरूको जिम्मेवारीसमेत पटक–पटक परिवर्तन हुँदै आएको छ। कुनै पनि मन्त्रीले डेढ वर्षभन्दा लामो समय एउटै जिम्मेवारीमा रहेर काम गर्न नपाएको देखिन्छ।

२०७९ पुस २४ गते एमालेका हिक्मत कार्की पहिलोपटक मुख्यमन्त्री नियुक्त भएपछि सुरु भएको सरकार परिवर्तनको क्रम केन्द्रको सत्ता समीकरणसँगै पटक–पटक दोहोरिएको हो। कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाबीचको बदलिँदो समीकरणले प्रदेश सरकारलाई समेत प्रभावित गर्दै आएको छ।

यसपटक केन्द्रमा कांग्रेससँगको गठबन्धन टुटेपछि एमाले र नेकपाबीच सहकार्य भएको हो। त्यसको प्रभावस्वरूप कोसीमा पनि एमाले नेतृत्वको सरकारमा नेकपा सहभागी भएको हो।

लगातारको सत्ता फेरबदलका कारण कोसी प्रदेशमा सरकारको स्थायित्व र मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठ्दै आएको छ। आगामी मंसिरमा प्रदेशसभाको कार्यकाल चार वर्ष पुग्दै गर्दा ९३ सदस्यीय प्रदेशसभाका झन्डै आधा सांसद मन्त्री बनिसकेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

Montana Considers Expanded Wolf Cull Despite Public Concerns and Limited Economic Impact

Brazil’s Presidential Election: Lula and Bolsonaro Vie for Leadership

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu