रुपन्देही । बर्दियाको गेरुवा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन्।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका सरगम आचार्यले ४९ वर्षीय बुवा टेकराज उपाध्यायलाई कुटपिट गर्दा मृत्यु भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा सरगमले बुवामाथि कुटपिट गरेको र त्यसक्रममा टेकराजको मृत्यु भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको टोलीले सरगमलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र बोहोराका अनुसार सरगमले घरमा विवाद भइरहेका बेला बुवालाई प्रहार गरेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार टेकराजले मदिरा सेवन गर्ने गरेका कारण घरमा पटक–पटक विवाद हुने गरेको थियो। आइतबार पनि घरायसी विषयलाई लिएर विवाद भएको बताइएको छ।
विदेश जाने तयारीमा थिए सरगम
प्रहरीका अनुसार पक्राउ परेका सरगम विदेश जाने तयारीमा थिए। उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोहोराले जानकारी दिए।
स्थानीयवासीका अनुसार टेकराज र सरगमबीच यसअघि पनि पटक–पटक विवाद हुने गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्