ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुरीखेत स्कारपियो दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ११ : ४५   बजे

हेटौँडा, भदौ २ गते । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत वीरगन्ज, पर्साको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, उहाँकी श्रीमती, छोरा, दिदी र सवारी चालक घाइते भएका हुन्। घाइतेमध्ये रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय चालक छुनिलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय मुख्य न्यायाधीश डाँगी, बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका ५१ वर्षीय रजिस्ट्रार तारादत्त बडु, उहाँकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। चालक चौधरी र रजिस्ट्रार बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने लक्ष्मी बडुसहित चार जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल पठाइएको छ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। प्रहरीले घाइतेको उद्धार गरी प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल पठाएको थियो।

प्रनाउ काफ्लेका अनुसार लक्ष्मी बडुको अवस्था गम्भीर तथा अन्य पाँच जनाको अवस्था मध्यम छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री नेतृत्वको टोलीसमेत पुगेको थियो।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको भए पनि सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Alan Wald’s ‘Bohemian Professor’ Explores Left-Wing Artists and Intellectuals

Gaza Doctor Held in Israeli Prison Faces Abuse, Sparking Fears of ‘Medicide’

China’s New Arctic Shipping Route: A Potential Alternative to Middle East Chokepoints?

Heavy Rainfall Forecast Across Nepal’s Hilly Regions

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu