ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशस्थित नेपाली नियोगको घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ३ : ३५   बजे

 

 

काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूको घरभाडामा नेपाल सरकारले वार्षिक १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च गर्दै आएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार प्रतिनिधिसभामा सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै गत आर्थिक वर्ष २०८२/८३ मा नियोगहरूको घरभाडामा उक्त रकम खर्च भएको जानकारी दिएका हुन्।

मन्त्री खनालका अनुसार घरभाडामा खर्च भएको रकम परराष्ट्र मन्त्रालयका लागि विनियोजित ७ अर्ब ८४ करोड रुपैयाँको करिब १७ प्रतिशत हो।

हाल परराष्ट्र मन्त्रालयअन्तर्गत १५ वटा महाशाखा, दुई विभाग, एक सम्पर्क कार्यालय, ३१ दूतावास, तीन स्थायी नियोग र १० वटा महावाणिज्य दूतावास सञ्चालनमा रहेका छन्।

६ नियोग बन्द गर्ने निर्णय

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा विदेशस्थित तीन दूतावास, दुई महावाणिज्य दूतावास र एउटा सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय भएको छ। त्यस्तै अमेरिकाको सान फ्रान्सिस्को र चीनको छेङ्दुस्थित महावाणिज्य दूतावास तथा भारतको विशाखपटनमस्थित दूतावासको शाखा पनि बन्द गरिने भएको छ।

आफ्नै भवन नहुँदा भाडाको भार

विदेशस्थित केही नेपाली नियोगका आफ्नै भवन रहे पनि धेरै नियोग भाडाका भवनबाट सञ्चालन भइरहेका छन्। कतिपय स्थानमा सरकारले जग्गा खरिद गरिसकेको भए पनि भवन निर्माण हुन नसक्दा हरेक वर्ष ठूलो रकम घरभाडामा खर्च भइरहेको छ।

सरकारले नियोगको संख्या घटाउने निर्णयसँगै विदेशस्थित नेपाली कूटनीतिक नियोगको सञ्चालन खर्च र घरभाडाको भारसमेत घटाउने लक्ष्य लिएको देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

India’s ‘Cockroach’ Movement Shifts Focus to School Conditions After Minister’s Resignation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu