ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकन्थलीमा सुनको सिक्री लुटपाट गर्ने दुईसहित चार जना पक्राउ


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ०५   बजे

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली क्षेत्रमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना लुटपाटमा संलग्न र दुई जना चोरीको सुन खरिद गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ र पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ का ३६ वर्षीय देवेन्द्र थापा मगर ‘काले’ रहेका छन्।

त्यस्तै, चोरीको सुन खरिद गरेको आरोपमा काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–६ का ४० वर्षीय मिलन विक र भारतको पश्चिम बंगाल, कलकत्ता घर भई भेडासिंह बस्ने ४० वर्षीय संजित साम्नत पक्राउ परेका छन्।

मोटरसाइकलमा आएर सिक्री लुटेको आरोप

प्रहरीका अनुसार गत असार २६ गते लोकन्थलीस्थित बिगमार्ट नजिकै र असार ३० गते लोकन्थली हनुमान चोकमा मोटरसाइकलमा आएका दुई जनाले पैदल हिँडिरहेका महिला तथा ज्येष्ठ नागरिकको घाँटीमा लगाएको सुनको सिक्री जबर्जस्ती तानेर फरार भएका थिए।

घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उपत्यकाका विभिन्न स्थानबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चोरीको सुन खरिद गर्ने पनि पक्राउ

प्रहरीले लुटपाटमा संलग्न व्यक्तिसँगै चोरीको सुन खरिद गर्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ। उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu