ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामीको नयाँ फड्को : ‘फुल एसयूभी’ भिगो E2 सार्वजनिक हुँदै


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ०५   बजे

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभी ‘नामी भिगो E2’ सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार आगामी अगस्ट १९, २०२६ मा विशेष कार्यक्रम आयोजना गरी भिगो E2 लाई औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरिनेछ।

कम्पनीले नयाँ भिगो E2 लाई ‘फुल एसयूभी’ का रूपमा प्रस्तुत गरेको छ। फराकिलो स्पेस, आधुनिक फिचर र व्यावहारिक पर्फर्मेन्समार्फत ग्राहकलाई पूर्ण एसयूभीको अनुभव दिने उद्देश्यले गाडी ल्याउन लागिएको एमएडब्लू वृद्धिले जनाएको छ।

२ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा

नेपाली बजारमा छोटो समयमै नामीले राम्रो उपस्थिति बनाउन सफल भएको कम्पनीको दाबी छ। हालसम्म नेपालभर २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा रहेको जनाइएको छ।

कम्पनीका अनुसार नामी भिगोले मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायत भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा समेत आफ्नो क्षमता र भरपर्दो प्रदर्शन प्रमाणित गरिसकेको छ।

सहरदेखि लामो यात्रासम्म

नयाँ भिगो E2 लाई दैनिक शहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

गाडीमा फराकिलो क्याबिन, पर्याप्त स्पेस र उत्कृष्ट पर्फर्मेन्स उपलब्ध हुने दाबी गरिएको छ। नेपाली सडकको विविध अवस्था र ग्राहकको बढ्दो ईभी मागलाई ध्यानमा राखेर नयाँ मोडल ल्याउन लागिएको कम्पनीको भनाइ छ।

मूल्य र स्पेसिफिकेसन सार्वजनिक हुँदै

अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा नै भिगो E2 को आधिकारिक मूल्य, विस्तृत प्राविधिक स्पेसिफिकेसन, फिचर तथा अन्य जानकारी सार्वजनिक गरिने एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ।

नयाँ भिगो E2 को आगमनसँगै नेपाली इलेक्ट्रिक एसयूभी बजारमा प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu