ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ४५   बजे

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत कांग्रेस प्रवक्ता देवराज चालिसेले समितिका अन्य सदस्यहरू पछि थपिने जानकारी दिए।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंगलबार वडा तहको अधिवेशन हुनुपर्ने थियो। तर, पार्टीभित्र असन्तुष्ट पक्षसँग छलफल गर्नुपर्ने भएकाले तल्लो तहका अधिवेशन केही दिन पछि सारिएको चालिसेले बताए।

यसैबीच कांग्रेसले जिल्लामा निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिएको छ। प्रशिक्षण कार्यक्रममा सभापति थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर अन्य तहको निर्वाचन कार्यतालिका समायोजन गर्न निर्वाचन समितिलाई आग्रह गरेका थिए।

पाँच पदाधिकारीले पाँच प्रस्ताव पेस गर्ने

कांग्रेसको १५औँ महाधिवेशनमा पाँच पदाधिकारीले पाँचवटा प्रस्ताव पेस गर्ने भएका छन्।

सभापति गगनकुमार थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्।

त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरण’ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उपसभापति पुष्पा भुसालले ‘प्रदेश निर्वाचन विशेष प्रस्ताव’, महामन्त्री गुरुराज घिमिरेले साङ्गठनिक प्रस्ताव र महामन्त्री प्रदीप पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुनेछ। तल्लो तहका अधिवेशनको नयाँ कार्यतालिका भने निर्वाचन समितिले तय गर्ने प्रवक्ता चालिसेले बताए।

प्रचारप्रसारको जिम्मेवारी चालिसेलाई

महाधिवेशनको प्रचारप्रसारको जिम्मेवारी कांग्रेस प्रवक्ता देवराज चालिसेलाई दिइएको छ।

गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनमा पाँचवटा प्रस्ताव पेस गर्ने निर्णय गर्दै प्रस्ताव लेखनको जिम्मेवारीसमेत बाँडफाँट गरेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘Moderates’ in Democratic Party Face Growing Criticism for Supporting Status Quo

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

Social Security Turns 91 Amid Calls for Program Preservation

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि १५ करोड बजेट, कार्यविधि अर्थ मन्त्रालयमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu