ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा राइड सेयरिङलाई कानुनी मान्यता, अनुमति प्रक्रिया तीव्र


ABC NEWS
३ भदौ २०८३, बुधबार   ८ : २५   बजे

कास्की । प्रविधिको विकास र नागरिकको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ मार्फत राइड सेयरिङ नियमनको व्यवस्था गरिएको थियो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावलीसमेत बनाए पनि संघ सरकारको परिपत्र र यातायात व्यवसायीको असहमतिका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो।

पछिल्लो संशोधनपछि चैत २०८२ देखि नियमावली कार्यान्वयनमा आए पनि राइड सेयरिङको नियमन र अनुमति प्रक्रिया भने अपेक्षाकृत सुस्त देखिएको छ।

कम्पनीलाई अनुमति लिन एक महिनाको समय

मन्त्रालयले मंगलबार दोस्रो पटक सूचना जारी गर्दै राइड सेयरिङ सेवा सञ्चालन गर्न इच्छुक कम्पनीलाई सूचीकरण गरी अनुमति लिन आग्रह गरेको छ। एक महिनाभित्र अनुमति नलिए जरिवाना गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।

यसअघि असार १८ गते जारी सूचनाका आधारमा सवारी सेवा नेपाल लिमिटेडले मात्र राइड सेयरिङ सञ्चालनको अनुमति पाएको थियो। अहिले थप पाँच कम्पनीले सूचीकरण प्रक्रिया अघि बढाएका छन् भने सवारी राइड नेपालसमेत सूचीकृत भइसकेको छ।

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख ढाकाप्रसाद शर्माका अनुसार इन्ड्राइभ भने हालसम्म कार्यालयको सम्पर्कमा आएको छैन।

सेल्फ ड्राइभ सेवामा पनि सूचीकरण

मन्त्रालयको यातायात व्यवस्थापन महाशाखा प्रमुख दिनेशप्रकाश आचार्यका अनुसार सेल्फ ड्राइभ सेवा सञ्चालनका लागि पनि सूचीकरण प्रक्रिया सुरु गरिएको छ। तर हालसम्म कुनै कम्पनीले आवेदन नदिएको उनले बताए।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने बताएका छन्। उनका अनुसार यसबाट प्रदेशको राजस्व बढ्नुका साथै रोजगारी सिर्जना हुने र नागरिकले सहज यातायात सेवा पाउनेछन्।

कानुनअनुसार दर्ता नभएका विदेशी वा स्वदेशी एपमार्फत सञ्चालित राइड सेयरिङ सेवामाथि रोक लगाउने चेतावनीसमेत मुख्यमन्त्री पाण्डेले दिएका छन्।

व्यवसायीहरूले भारतीय सवारी चालक अनुमतिपत्र प्रयोग गरेर सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न नहुने धारणा राखेका छन्। यस विषयमा मन्त्रालयले आवश्यक छलफल गरिरहेको जनाएको छ।

सेल्फ ड्राइभको भाडा तोकियो

सरकारले सेल्फ ड्राइभमा प्रयोग हुने सवारी साधनको दैनिक भाडादरसमेत निर्धारण गरेको छ। सानो कारको दैनिक भाडा ३ हजार ९४० रुपैयाँ, ह्याचब्याकको ५ हजार २८३ रुपैयाँ र एसयूभीको ७ हजार ५८६ रुपैयाँ तोकिएको छ।

मोटरसाइकल तथा स्कुटरको भाडा इन्जिन क्षमताअनुसार फरक–फरक निर्धारण गरिएको छ। ११० देखि १५० सीसीसम्मका दुईपांग्रे सवारीको दैनिक भाडा उपत्यकाभित्र ९८५ रुपैयाँ र उपत्यकाबाहिर २ हजार १७७ रुपैयाँ तोकिएको छ।

त्यस्तै, १५१ देखि २०० सीसीसम्मका मोटरसाइकलको दैनिक भाडा उपत्यकाभित्र २ हजार ४६४ रुपैयाँ र उपत्यकाबाहिर २ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ। सरकारले जेठ २ गते राइड सेयरिङको भाडादर निर्धारण गरेको थियो।

चाँडै सेवा सुरु गर्ने तयारी

नेपालमै पहिलोपटक राइड सेयरिङ सञ्चालनको अनुमति पाएको सवारी सेवा नेपाल लिमिटेडले चाँडै सेवा सुरु गर्ने तयारी गरेको छ।

कम्पनीका अध्यक्ष राजनकुमार श्रेष्ठले पर्याप्त राइडर आबद्ध हुने प्रतीक्षामा रहेको र यही महिनाभित्र सेवा सुरु गर्ने बताए। उनका अनुसार कम्पनीले राइडर र सेवाग्राहीका लागि छुट्टाछुट्टै मोबाइल एपसमेत तयार गरिसकेको छ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याएर यातायात सेवा सहज बनाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशको राजस्व बढाउने लक्ष्य लिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

उद्योगमन्त्रीले सांसदलाई ग्यास उपलब्ध गराइरहेको रास्वपा सांसद बानुको दाबी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१० वर्षदेखि अलपत्र बाक्सिला सवस्टेसन, उत्तरी खोटाङका उपभोक्ता मारमा

कैलालीमा जंगलमा बन्दुक पड्किँदा एक जनाको मृत्यु

Digital Security Measures and the Erosion of Everyday Life

American Doctors Document Gaza’s Hospital Crisis and Face Disbelief at Home

From Wartime Service to Market Forces: The Changing Role of Britain’s Elite Universities

सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu