कैलाली । बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा बर्दगोरिया–३ का ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार विश्वकर्मा गएराति सामुदायिक वनमा गएका बेला बन्दुक पड्किएपछि घटनास्थलमै मृत्यु भएको हो ।
घटनासँगै जंगलमा विश्वकर्मासँगै गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । बन्दुक कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विश्वकर्मासँगै रहेको बन्दुकबाटै गोली चलेको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रमाण संकलन गरेको जनाएको छ ।
घटनाको प्रकृति र प्राप्त प्रमाणका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्