ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा बन्दुक पड्किँदा एक जनाको मृत्यु


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ३५   बजे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार घटनामा स्थानीय ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको हो। विश्वकर्मा वनभित्र बन्दुकको छर्रा लागेर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्मा वन्यजन्तुको सिकारका लागि जंगल गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उनीसँगै जंगल गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको छ।

बन्दुक कसले चलाएको भन्ने विषय भने खुल्न सकेको छैन। विश्वकर्मासँगै रहेको बन्दुकबाटै गोली चलेको हो वा अन्य कुनै कारणले घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।

घटनास्थलको निरीक्षण तथा नियन्त्रणमा लिइएका व्यक्तिसँगको सोधपुछपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिद्धार्थ राजमार्गमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

सम्बन्धित

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब निक्षेप संकलन गर्दै

डेभिड वार्नरलाई मदिरा सेवन गरी गाडी चलाएको अभियोगमा १,५०० डलर जरिबाना

उपत्यका अपराध अनुसन्धान कार्यालयले पहिलोपटक आफैँ मुद्दा चलायो, अपहरण प्रकरणबाट सुरुवात

जापानिज इन्सेफलाइटिस संक्रमण बढ्दो, सावधानी अपनाउन चिकित्सकको आग्रह

१० वर्षदेखि अलपत्र बाक्सिला सवस्टेसन, उत्तरी खोटाङका उपभोक्ता मारमा

कैलालीमा जंगलमा बन्दुक पड्किँदा एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu