काठमाडौँ । सशस्त्र प्रहरी बलले बिदा लिएर तथा आफूखुसी ब्यारेक छाडेर सम्पर्कविहीन भएका नौजना सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार नेपालका विभिन्न इकाइबाट बिदा लिएर तथा आफूखुसी ब्यारेक छाडेर गैरहाजिर भएका जवानलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइएको हो।
प्रधान कार्यालयले सम्बन्धित जवानहरूलाई गैरहाजिर हुनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्न एक साताको म्याद दिएको छ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरिने सूचनामा उल्लेख छ।
नियमावलीअनुसार गैरहाजिर भएका जवानमाथि आवश्यक प्रक्रिया पूरा गरी सेवाबाट हटाउने तयारी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्