काठमाडौँ — सिप्रदी ट्रेडिङले टाटा मोटर्सको ‘टाटा कार्निभल’को चौथो संस्करण भदौ ४ देखि ७ गतेसम्म सञ्चालन गर्ने भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले क्याम्पमार्फत नयाँ विद्युतीय गाडी खरिदमा विभिन्न सहुलियत उपलब्ध गराउने जनाएको छ।
क्याम्पमा ग्राहकले पुरानो गाडी एक्सचेन्ज गरी नयाँ पन्च ईभी र टियागो ईभी खरिद गर्न सक्नेछन्। पुरानो गाडीको मूल्यलाई डाउनपेमेन्टका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
क्याम्प अवधिमा टाटाका गाडी बुकिङ गर्ने ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र होम चार्जिङ जडान जस्ता सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा सार्वजनिक गरिएको नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँ पन्च ईभी ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित छ। यसमा ३२ केडब्लुएच र ४० केडब्लुएचका दुई ब्याट्री विकल्प छन्। कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यसले पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५-स्टार बीएनक्याप सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस उपलब्ध छन्।
त्यस्तै, नयाँ टियागो ईभीमा नयाँ डिजाइन र विभिन्न रङ विकल्पसँगै ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्यागलगायत सुविधा दिइएको कम्पनीले जनाएको छ। दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको यो मोडललाई कम्पनीले सहरी प्रयोगका लागि उपयुक्त विद्युतीय कारका रूपमा प्रस्तुत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्