ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, जीपीएस जडान भएका १२०० सवारीसाधनको जानकारी लिन सकिने


ABC NEWS
३ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौँ । उपत्यकाको सार्वजनिक यातायातलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।

परिषद्को बुधबार सम्पन्न तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन्। एपमार्फत जीपीएस जडान गरिएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधनको अवस्थिति तथा सम्बन्धित जानकारी प्राप्त गर्न सकिने परिषद्ले जनाएको छ।

परिषद्का अनुसार एपलाई आगामी दिनमा थप सवारीसाधन र सेवासँग जोड्दै विस्तार गर्ने योजना छ। यसले यात्रुलाई आफूले प्रयोग गर्ने सार्वजनिक सवारीसाधनको अवस्था तथा रुटसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘सार्वजनिक यातायात सबै पालिकाको साझा विषय’

बैठकलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष डंगोलले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई थप सरल, सहज र सबैको पहुँचमा पुग्ने बनाउन स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

उनले विशेषगरी रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्न तथा बिहानैदेखि विद्यार्थीका लागि सार्वजनिक यातायात सेवा उपलब्ध गराउन स्थानीय तहबीच वित्तीय साझेदारीसहित संयुक्त कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन्।

‘सार्वजनिक यातायात कुनै एक पालिकाको मात्र दायित्व होइन, यो सबै पालिकाहरूको साझा विषय हो,’ डंगोलले भनिन्, ‘त्यसैले आपसी समन्वयमार्फत कार्यक्रम र सेवामा एकरूपता ल्याउन आवश्यक छ।’

यात्रामैत्री सार्वजनिक यातायातमा जोड

परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस प्रयोग गर्ने यात्रुले सहज र सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

उनले सार्वजनिक यातायात सुधारका लागि परिषद्सँग आवश्यक क्षमता र अधिकार रहेकाले त्यसको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।

‘सार्वजनिक यातायात सुधारका लागि यो परिषद्मा क्षमता छ, त्यसैले यसको सही प्रयोग गरौँ,’ महर्जनले भने।

बस स्टपदेखि नगदरहित भाडासम्मको योजना

बैठकमा परिषद्का कार्यकारी अधिकृत कुबेर नेपालीले अघिल्लो वर्ष सरकारले परिषद्लाई खारेजीको सूचीमा राखेका कारण केही निर्धारित काम अघि बढाउन नसकिएको जानकारी दिए।

यस वर्ष भने सार्वजनिक यातायात सुधारका लागि विभिन्न कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ। परिषद्ले बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण गर्ने, रात्रिकालीन बस सञ्चालनका लागि आवश्यक सर्त र सम्झौताको मोडल तयार गर्ने तथा सम्बन्धित नगरपालिकासँग सहकार्य अघि बढाउने निर्णय गरेको छ।

त्यसैगरी स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप र बसपार्कलगायतका स्थानमा जीपीएस ट्र्याकिङसहितको सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने योजना अघि सारिएको छ।

परिषद्ले सार्वजनिक यातायातमा नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रमसमेत स्वीकृत गरेको छ। यात्रुलाई टिकट लिन प्रोत्साहित गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने तथा सार्वजनिक यातायातसम्बन्धी विभिन्न अध्ययन र अनुसन्धानलाई समेत प्राथमिकता दिने निर्णय भएको छ।

परिषद्का यी कार्यक्रम कार्यान्वयनमा आए उपत्यकाको सार्वजनिक यातायातमा यात्रुले सवारीसाधनको अवस्थिति, रुट र सेवा समयबारे वास्तविक समयमा जानकारी पाउने तथा भाडा भुक्तानी प्रणालीसमेत क्रमशः डिजिटल बन्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

श्रीलंकाविरुद्ध भारतको १६५ रनको सहज जित

UAE Imposes Indefinite Trade Embargo on Iran Amid Missile Attack Allegations

Ukraine’s Former Defense Minister Calls For Elections Despite War

Gaza’s Breastfeeding Mothers Face Mounting Challenges Amid War and Displacement

Record Number of Aid Workers Attacked Globally in 2025, UN Reports

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu