ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेल चौबीसै घण्टा खुला रहने सहमति


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई चौबीसै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ।

ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई चौबीसै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित पर्यटकीय क्षेत्रका रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो।

परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई चौबीसै घण्टा सञ्चालन हुने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय र परिषद्बीच सहकार्य गर्ने सहमति भएको छ। भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्स व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।

यसअघि ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई चौबीसै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए। तर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न चुनौती देखिँदै आएका थिए।

भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर काम भइरहेको बताए।

परिषद्ले अब ठमेलमा चौबीसै घण्टा पर्यटकलाई सुरक्षित, सहज र मर्यादित सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

नेपालगन्ज–पोखरा हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको स्मृतिमा जन्मथलो दानामा शालिक बनाइने

कतार एयरवेजको विमानमा तातो कफी पोखिएर घाइते यात्रुलाई २ करोड ६१ लाख क्षतिपूर्ति

कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu