चितवन । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
पूर्वपश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो तथा छोटो दूरीका विद्युतीय सवारीसाधनलाई लक्षित गरी टर्मिनल परिसरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो।
चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन प्रयोग गर्ने यात्रु तथा चालकलाई सहज हुने अपेक्षा गरिएको छ। स्टेशनमा विद्युतीय गाडी चार्ज गर्न सकिने व्यवस्था गरिएको छ।
चार्जिङ स्टेशनबाट सेवा लिन अतिरिक्त शुल्क लाग्ने जनाइएको छ। शुल्क तथा सञ्चालनसम्बन्धी थप जानकारीका लागि प्रशासनसँग सम्पर्क गर्न सकिने बताइएको छ।
चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधन चार्ज गरिरहेको दृश्य तस्बिरकार सनद अधिकारीले कैद गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्