ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग हुँदै


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : १५   बजे

काठमाडौं । इटालीमा पहिलोपटक सिटी–बेस्ड फ्रेन्चाइज टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ। नेपाली पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग (ईपीएल)का संस्थापक आमिर अख्तर र इंग्ल्यान्डका पूर्वक्रिकेटर नदिम शाहिदको पहलमा ‘इटालिया टी–१० क्रिकेट’ आयोजना हुन लागेको हो।

बेलायतमा स्थापना गरिएको उनीहरूको कम्पनी एपेक्स टी–१० लिमिटेडमार्फत प्रतियोगिता आयोजना गरिनेछ। इटालियन क्रिकेट महासंघको आधिकारिक समर्थनमा प्रतियोगिताको पहिलो संस्करण अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म रोममा सञ्चालन हुनेछ।

प्रतियोगितामा ६ वटा सिटी–बेस्ड फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। टी–१० फर्म्याटमा खेलाइने प्रतियोगिताको एक खेल करिब ९० मिनेटमा सकिनेछ भने प्रत्येक टोलीले १० ओभर ब्याटिङ गर्नेछ।

प्रतियोगिताका खेलहरू ३० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण गरिने आयोजकको दाबी छ।

स्थानीय खेलाडी विकासमा जोड

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य इटालीमा क्रिकेटको विकास गर्नु, स्थानीय खेलाडीलाई नयाँ अवसर प्रदान गर्नु र घरेलु क्रिकेटको स्तर उकास्नु हो।

इंग्ल्यान्डका पूर्वक्रिकेटर नदिम शाहिदले एसेक्स र सरेबाट दुई दशकभन्दा बढी प्रथम श्रेणी क्रिकेट खेलेका थिए। उनले इंग्ल्यान्ड ‘ए’ टोलीबाट समेत प्रतिनिधित्व गरेका थिए।

त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य आमिर अख्तरले नेपालमा एभरेस्ट प्रिमियर लिग स्थापना गरेका थिए।

इटालियन क्रिकेट महासंघले प्रतियोगितालाई औपचारिक समर्थन गरेको छ भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आवश्यक स्वीकृति लिने प्रक्रियामा समन्वय भइरहेको जनाइएको छ।

ओलम्पिक तयारीबीच नयाँ पहल

क्रिकेट सन् २०२८ को लस एन्जलस ओलम्पिकमा पुनः समावेश हुने तयारीमा रहेका बेला इटालीमा सुरु हुन लागेको फ्रेन्चाइज टी–१० लिगलाई त्यहाँ क्रिकेट विकासको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

इटालियन क्रिकेट फेडेरेसनका एक्स्ट्राअर्डिनरी कमिस्नर जियानफ्रान्को राभाले प्रतियोगिताले इटालीमा क्रिकेटको व्यवस्थित, व्यावसायिक र दिगो विकासमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

आयोजकले टी–१० लिगमार्फत इटालीमा क्रिकेटको लोकप्रियता बढाउनुका साथै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने र घरेलु क्रिकेट संरचना थप मजबुत बनाउने लक्ष्य राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

तिजानी रेइजन्डर्स साउदी क्लब अल कादसियाहमा अनुबन्ध

बुबाको निधनपछि पहिलो गोल गर्दै लयमा फर्किए मेसी

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स बन्यो नेपाली क्रिकेट टोलीको आर्म स्पोन्सर

मुसियालालाई न्युरोलोजिकल समस्या, उपचारपछि पूर्ण रूपमा निको हुने आशा

श्रीलंकाविरुद्ध भारतको १६५ रनको सहज जित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu