ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : ०५   बजे

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीयता तथा प्रदेश संरचना कसैको हल्का टिप्पणी वा राजनीतिक बहसका आधारमा खारेज हुन नसक्ने बताएका छन्।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले छुट्टै प्रदेश स्थापनाका लागि कर्णालीका तत्कालीन १० वटै जिल्लाका जनताले गरेको आन्दोलन स्मरण गरे।

उनले जनताको संघर्षकै परिणामस्वरूप कर्णाली छुट्टै प्रदेशका रूपमा स्थापित भएको भन्दै प्रदेश स्थापना दिवस कर्णालीवासीका लागि विशेष महत्वको दिन भएको बताए।

मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनपछि तीन तहका सरकार सञ्चालनमा रहेको उल्लेख गर्दै प्रदेश सरकार जनताको बलिदानीबाट प्राप्त संरचना भएको बताए। संविधान संशोधन तथा संघीयताको स्वरूपबारे बहस भइरहेका बेला प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउने प्रयासप्रति उनले असन्तुष्टि जनाए।

उनका अनुसार प्रदेश संरचनाको सुरुवाती चरणमा देखिएका कमजोरी, जनशक्ति अभाव, सीमित आर्थिक स्रोत र संस्थागत अपर्याप्ततालाई आधार बनाएर प्रदेश नै आवश्यक छैन भन्ने निष्कर्षमा पुग्न मिल्दैन।

“संघीयता र प्रदेश संरचना जनताको बलिदानी, रगत र पसिनाबाट प्राप्त भएको हो,” उनले भने, “आज कसैका सम्मेलन वा हल्का टिप्पणीमार्फत प्रदेश सभा वा प्रदेश संरचना आवश्यक छैन भन्दैमा यो संरचना हट्नेवाला छैन।”

प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री शाहीले कमजोरी सुधार गर्दै प्रदेश संरचनालाई थप व्यवस्थित, सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक सामुदायिक वनमा सकुशल भेटिए

‘विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’ : सांसद सुनार

सम्बन्धित

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

कर्णाली प्रदेशसभा बैठक दोस्रोपटक स्थगित, बुधबार बस्ने

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu