ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलपीजी ग्यास सिलिन्डरमा डिजिटल प्रोफाइल र ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ४५   बजे

काठमाडौँ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले नेपाल आयल निगमलाई ग्यास सिलिन्डरको लगत राख्न तथा व्यावसायिक र घरायसी प्रयोजनका सिलिन्डर छुट्याउने व्यवस्था गर्न निर्देशन दिएका हुन्।

सभापति अन्सारीले प्रत्येक ग्यास सिलिन्डरको ‘डिजिटल प्रोफाइल’ वा ‘चिना’ तयार गर्नुपर्ने प्रस्ताव अघि सारे। सिलिन्डर कहाँ उत्पादन भयो, कहिले भरियो र अन्तिमपटक कहिले परीक्षण गरियो भन्ने विवरण डिजिटल प्रणालीबाटै थाहा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार यस्तो प्रणालीले सिलिन्डरको रोटेसन बढाउनुका साथै बजारमा मौज्दात व्यवस्थापन, आपूर्ति प्रणाली सुधार र दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ।

अन्सारीले कुरियरको पार्सल ट्र्याक गरेजस्तै प्रत्येक ग्यास सिलिन्डरलाई ट्र्याकिङ आईडी दिएर निगरानी गर्न सकिने बताए। यसबाट ग्यास वितरणसँगै भुक्तानी प्रणालीलाई समेत व्यवस्थित गर्न सकिने उनको भनाइ छ।

घरायसी र व्यावसायिक सिलिन्डर छुट्याउनुपर्ने

सभापति अन्सारीले घरायसी र व्यावसायिक प्रयोजनमा प्रयोग हुने सिलिन्डरको आकार र रंग फरक बनाउनुपर्ने धारणा राखे। यसले बजार अनुगमनलाई सहज बनाउने उनको भनाइ छ।

व्यावसायिक प्रयोजनका सिलिन्डर नाफामा बिक्री गर्ने र घरायसी उपभोक्तालाई सहुलियत दिने गरी व्यवस्थापन गर्न सके नेपाल आयल निगमको वित्तीय अवस्था सुधार गर्न सकिने उनले बताए।

एक वर्षभित्र समस्या समाधान गर्न निर्देशन

अन्सारीले नेपाल आयल निगमलाई एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।

उनले हालको विद्युतीय पूर्वाधारले मात्र सबै घरायसी आवश्यकता धान्न नसक्ने भएकाले आगामी १५ देखि २० वर्षसम्म एलपीजी ग्यासको उपयोगिता कायम रहने बताए। त्यसैले ग्यासको आपूर्ति र व्यवस्थापनलाई अहिलेबाटै प्रविधिमैत्री र सुरक्षित बनाउनुपर्नेमा उनले जोड दिए।

बैठकमा उद्योगी–व्यवसायीलाई राज्यका नीति तथा नयाँ प्रविधिसँग अभ्यस्त हुन आग्रह गर्दै नेपाल आयल निगमसँग आवश्यक सहकार्य गर्न पनि सभापति अन्सारीले आह्वान गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

सम्बन्धित

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu