काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला २ सय ६० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यस्तै, चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५ सय १२ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्