ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुनखानीमा पहिरो, १०७ जनाको मृत्यु


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ६ : ५५   बजे

काठमाडौं । क्यामरुनको सीमासँग जोडिएको सेन्ट्रल अफ्रिकन रिपब्लिकको पश्चिमी क्षेत्रमा रहेको एक सुनखानीमा पहिरो जाँदा कम्तीमा १०७ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार क्यामरुनसँग सीमा जोडिएको गरुआ–बुलाई क्षेत्रमा मंगलबार दिउँसो खानीको एक भाग भत्किएर पहिरो गएको हो । घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको छ ।

घटनापछि सार्वजनिक भएका भिडियोमा खानीको एउटा भाग मानिसहरूमाथि खसेको र केही व्यक्ति ज्यान जोगाउन भागिरहेको देखिन्छ ।

गरुआ–बुलाईका मेयर अदमो अब्दोनले बीबीसीलाई दिएको जानकारीअनुसार हालसम्म मलबाबाट १०७ जनाको शव निकालिएको छ । पहिरोमा थप मानिस पुरिएको हुन सक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल एक खानी श्रमिक सेड्रिक मबांगोले जमिन पूर्ण रूपमा धसिएको र धेरै मानिस भग्नावशेषमा पुरिएको बताएका छन् ।

क्यामरुनको इस्ट रिजनका गभर्नरका अनुसार मृत्यु हुनेमध्ये कम्तीमा तीनजना क्यामरुनका नागरिक रहेका छन् । घटनाको कारण पत्ता लगाउन स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

जोखिमपूर्ण खानी कार्य

घटना भएको क्षेत्रमा साना स्तरमा परम्परागत विधिबाट गरिने खनन धेरै परिवारको आम्दानीको प्रमुख स्रोत हो । तर, खानीमा काम गर्ने अवस्था अत्यन्त जोखिमपूर्ण रहेको बताइएको छ ।

खानी धसिने तथा पहिरो जाने घटना यस क्षेत्रमा पटक–पटक हुने गरेका छन् । उद्धार कार्य जारी रहेकाले घटनामा थप मानवीय क्षति हुन सक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

भारतमा सरकारी विद्यालय सुधारका लागि सीजेपीको ‘फिक्स द स्कुल्स’ अभियान

किभमा रुसी मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu