ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पचालझरनाका १५ विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ५५   बजे

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले विद्यालयको शैक्षिक नेतृत्व सुधार गर्ने उद्देश्यले पहिलोपटक खुला प्रतिस्पर्धाबाट १५ वटा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ।

गाउँपालिकाले स्थायी शिक्षकहरूमध्येबाट आवेदन माग गरी तोकिएको मापदण्डका आधारमा प्रधानाध्यापक छनोट गरेको हो।

गाउँपालिकाले शिक्षा नियमावली, २०५९ को दसौँ संशोधन (२०८३) तथा ‘प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरुवा तथा कामकाजसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्रधानाध्यापक पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो।

गत साउन १८ गते योग्यता पुगेका स्थायी शिक्षकबाट आवेदन माग गरिएकोमा १६ जनाको दरखास्त स्वीकृत भएको गाउँपालिकाले जनाएको छ।

गाउँ शिक्षा समितिको भदौ ३ गतेको निर्णयअनुसार १५ विद्यालयका लागि प्रधानाध्यापक नियुक्त गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख एवं वरिष्ठ शिक्षा अधिकृत ध्रुव संज्यालले जानकारी दिए।

उनका अनुसार कार्यविधिले निर्धारण गरेको मापदण्डका आधारमा प्रधानाध्यापक छनोट गरिएको हो। विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको उनले बताए।

प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट

गाउँपालिकाले शिक्षा नियमावली तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधिमा तोकिएका मापदण्डअनुसार योग्यता पुगेका स्थायी शिक्षकबाट आवेदन माग गरेको थियो।

प्राप्त आवेदनमध्ये १६ जनाको दरखास्त स्वीकृत भएपछि गाउँ शिक्षा समितिको निर्णयबाट १५ विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिएको हो।

गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रियाले विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वलाई थप जिम्मेवार, सक्षम र परिणाममुखी बनाउने अपेक्षा गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह पोखरा आउँदै, धिताल अस्तामको इको भिलेजमा बस्ने तयारी

लगातार वर्षाका कारण बाँसबारीमा साढे दुई तले घर भासियो

सम्बन्धित

 नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सरकारले शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढायो, थपियो ४ अर्ब ६८ करोड बजेट

काठमाडौंका चार निजी विद्यालयले नाम र ठेगाना परिवर्तन गर्दै

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

कर्मचारीको सेवासुविधा बढाउन २ लाख घुस मागेको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

प्रिसियस एकेडेमीमा छात्रछात्रा कब्ड्डी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu