ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको सेवासुविधा बढाउन २ लाख घुस मागेको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ८ : ३५   बजे

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित टोलीले कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारका अनुसार विद्यालयमा कार्यरत एक कर्मचारीको सेवासुविधा वृद्धि गरिदिने भन्दै रकम मागेपछि बममाथि निगरानी बढाइएको थियो। रकम लेनदेन भइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार पक्राउपछि घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।

‘अहिले घटनास्थलको सबै प्रक्रिया पूरा भइरहेको छ,’ प्रवक्ता भट्टले भने, ‘यसपछि विस्तृत अनुसन्धान सुरु हुन्छ।’

अख्तियारले प्राप्त उजुरीका आधारमा यस प्रकरणमा निगरानी गर्दै विशेष ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरेको जनाएको छ। कर्मचारीको सेवासुविधा वृद्धि गर्ने प्रक्रियामा रकम मागिएको आरोपमा बमलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका बममाथि अब घुस माग तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने अख्तियारले जनाएको छ। अनुसन्धानका क्रममा रकम मागिएको कारण, यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा विद्यालयको प्रशासनिक प्रक्रियामा कुनै अनियमितता भएको छ कि छैन भन्ने विषयसमेत खुल्ने अपेक्षा गरिएको छ।

अख्तियारले घटनासँग सम्बन्धित प्रमाण संकलन र आवश्यक बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

प्रिसियस एकेडेमीमा छात्रछात्रा कब्ड्डी हुने

प्रशासनिक ढिलाइको दोष विद्यार्थीलाई दिन नमिल्ने, मनिता गुरुङलाई स्वर्णपदक दिन सर्वोच्चको आदेश

शिक्षण सहयोग अनुदानका शिक्षकदेखि इसिडी सहजकर्तासम्मको तलब बढ्यो

‘लिटल ग्ल्याम रनवे २०२६’ का विजेता घोषणा

नेपालमा हरित हाइड्रोजनको सम्भावनाबारे पुस्तक सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu