ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय निर्वाचनको तयारीदेखि पार्टी संगठन विस्तारसम्मका विषयमा छलफल हुने भएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीको दस्तावेज तथा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको एजेन्डामा राखिएको छ।

बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्य मनोनयनका साथै विभागीय प्रमुखहरूको मनोनयनबारे पनि छलफल हुने जनाइएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनको विषयसमेत बैठकमा उठ्नेछ।

पार्टीका आगामी योजना, कार्यक्रम तथा अभियानका विषयमा पनि बैठकमा छलफल हुनेछ। महामन्त्री आचार्यका अनुसार केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषय पनि एजेन्डामा छ।

‘स्वतन्त्र’ नामक डिजिटल पत्रिका प्रकाशन गर्ने तयारी

रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने तयारी गरेको छ। यससम्बन्धी प्रस्तावमाथि पनि केन्द्रीय समिति बैठकमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।

बैठकले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया, संगठनात्मक जिम्मेवारी र पार्टीका कार्यक्रम तथा अभियानलाई थप व्यवस्थित गर्ने विषयमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Swaminarayan’s Pilgrimage Route Offers Boost To Nepal’s Religious Tourism

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

Trump Administration Faces Mounting Criticism Over Threats, Rhetoric, and Legal Actions

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

रुपन्देहीमा बढ्यो आर्थिक अपराध : एक महिनामै ८१ मुद्दा, १५९ प्रतिवादी पक्राउ

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu