ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा बढ्यो आर्थिक अपराध : एक महिनामै ८१ मुद्दा, १५९ प्रतिवादी पक्राउ


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ५५   बजे

रुपन्देही । रुपन्देहीमा आर्थिक तथा सङ्गठित अपराधका घटनामा उल्लेख्य वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको साउन महिनाको विवरणअनुसार दर्ता भएका कुल १८८ मुद्दामध्ये सबैभन्दा धेरै ८१ वटा आर्थिक तथा सङ्गठित अपराधसम्बन्धी रहेका छन्।

प्रहरीका अनुसार साउन महिनामा ज्यानसम्बन्धी ३५, आत्महत्यासम्बन्धी २६, चोरीका ६, सामाजिक अपराधका १२, महिला तथा बालबालिकासम्बन्धी १०, सवारीसम्बन्धी ६ र विविध प्रकृतिका १२ मुद्दा दर्ता भएका छन्। विभिन्न मुद्दामा संलग्न १५९ जना प्रतिवादी पक्राउ परेका छन्।

फैसला कार्यान्वयनमा ४९ जना पक्राउ

फैसला कार्यान्वयनका क्रममा फरार रहेका ४९ जना प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट १७ लाख ९१ हजार ३५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेकाहरूको हकमा १२ वर्ष ६ महिना ११ दिन कैद सजाय समेत कार्यान्वयन गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

घरेलु हिंसाका ८५ उजुरी, ५० मिलापत्र

साउन महिनामा महिला, बालबालिका तथा घरेलु हिंसासम्बन्धी ८५ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ५० वटा मिलापत्रमार्फत समाधान भएका छन् भने ३५ वटा उजुरीको प्रक्रिया बाँकी छ।

दर्ता भएका उजुरीमध्ये घरायसी झगडाका ६०, खानबस्न नदिएको ८, कुटपिट तथा घाउजाँचसम्बन्धी १२, विवाह दर्ता वा नागरिकता नबनाइदिएको एक तथा मादक पदार्थ सेवन गरी गालीगलौज गरेको चार वटा रहेका छन्।

११७ जना हराए, ५८ जना भेटिए

साउनमा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ११७ जना हराएको विवरण प्रहरीमा पुगेको थियो। तीमध्ये ५८ जना फेला परेका छन्।

यसअघि असार महिनामा हराएका व्यक्तिको खोजी जारी राख्दा थप १६ जनालाई पनि फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ६८४ वटा उजुरी दर्ता भएकामध्ये ६६२ वटा समाधान भएका छन्। २२ वटा उजुरीको प्रक्रिया बाँकी छ। जिल्ला प्रशासन कार्यालयमार्फत आएका ५१ उजुरीमध्ये ४६ वटा फर्छ्यौट भएका छन्।

लागुऔषधका १८ मुद्दा, २५ जना पक्राउ

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले साउनमा १८ वटा मुद्दा दर्ता गर्दै २५ जनालाई पक्राउ गरेको छ।

कारबाहीका क्रममा १४ किलोभन्दा बढी गाँजा, ब्राउन सुगर, डाइपाजाम, बुप्रिनोर्फिन, प्रोमेथाजिनलगायत विभिन्न लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

एक महिनामै २६ आत्महत्या

साउन महिनामा रुपन्देहीमा २६ वटा आत्महत्याका घटना भएका छन्। तीमध्ये २३ जनाले फन्दा लगाएर र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन्।

आत्महत्या गर्नेमा १८ पुरुष र आठ महिला छन्। सबैभन्दा धेरै १९ देखि २५ वर्ष उमेर समूहका नौ जना रहेका छन्। ३६ देखि ४५ वर्ष उमेर समूहका सात जनाले पनि आत्महत्या गरेका छन्।

हतियारदेखि नक्कली नोटसम्म बरामद

साउन महिनामा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्नुका साथै हतियार, लागुऔषध, चोरीका सामान, नक्कली भारतीय नोट तथा कल बाइपासमा प्रयोग हुने उपकरण बरामद गरेको जनाएको छ।

एक घटनामा रिभल्भर र गोली बरामद भएको छ भने अर्को घटनामा नक्कली रिभल्भर, गाँजा, मोबाइल र नगद फेला परेको प्रहरीले जनाएको छ।

सुनको सिक्री ‘स्न्याचिङ’मा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ। यस्तै, कल बाइपासमा प्रयोग हुने चिनियाँ सिमकार्ड, राउटर र अन्य उपकरणसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

भारतीय नक्कली नोट कारोबारमा संलग्न दुई जनाबाट भारतीय ५०० दरका १४० थान नक्कली नोट बरामद गरिएको प्रहरी प्रमुख शाहीले बताए।

दुई करोड २५ लाख बराबरका अवैध सामान नियन्त्रणमा

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले साउन महिनामा २ करोड २५ लाख ४४ हजार ६५६ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ।

यस क्रममा १० जना पक्राउ परेका छन् भने १८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

१५९ सडक दुर्घटना, पाँच जनाको मृत्यु

साउन महिनामा रुपन्देहीमा १५९ वटा सडक दुर्घटना भएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न २१५ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ।

अपराध नियन्त्रणसँगै समुदायमा प्रहरी

अपराध नियन्त्रणसँगै प्रहरीले विद्यालय र समुदाय केन्द्रित सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, ट्राफिक नियम, बालविवाह तथा सरसफाइलगायत विषयमा १६ वटा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो।

ती कार्यक्रममा ८३५ विद्यार्थी सहभागी भएका थिए। समुदाय–प्रहरी साझेदारीअन्तर्गत १०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ, जसमा २ हजार ८०७ जनाको सहभागिता थियो।

प्रहरीको विवरणले रुपन्देहीमा एकातिर आर्थिक तथा सङ्गठित अपराधको चाप बढ्दै गएको देखाएको छ भने अर्कोतर्फ लागुऔषध, राजस्व चुहावट, नक्कली नोट, अवैध हतियार र साइबर प्रकृतिका अपराध नियन्त्रण प्रहरीका लागि थप चुनौतीका रूपमा देखिन थालेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह पोखरा आउँदै, धिताल अस्तामको इको भिलेजमा बस्ने तयारी

लगातार वर्षाका कारण बाँसबारीमा साढे दुई तले घर भासियो

सम्बन्धित

वनस्थलीमा चोरीको आरोपमा ६ जना पक्राउ, सुनका गरगहनासहित सामग्री बरामद

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

सुनको मूल्य तोलामा ३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

वनस्थलीमा डेराबाट सुनका गहना र नगद चोरी, सुनचाँदी पसल सञ्चालकसहित ६ जना पक्राउ

एनआईएमबीका सीईओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

राइडरको उचित आम्दानीको मागप्रति पठाओ सकारात्मक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu