ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक बढायो, थपियो ४ अर्ब ६८ करोड बजेट


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

काठमाडौं । संघीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयसँगै चालु आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार रुपैयाँ थप बजेट आवश्यक पर्ने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । आधारभूत तहका शिक्षकको पारिश्रमिक भने ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ पारिश्रमिक दर

नयाँ व्यवस्थाअनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार रुपैयाँ पुगेको छ । विद्यालय सहयोगीको १० हजारबाट १५ हजार तथा लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजारबाट बढेर २० हजार रुपैयाँ पुगेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार पारिश्रमिक वृद्धि कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार रुपैयाँ थप बजेट आवश्यक पर्नेछ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट व्यवस्थापन गर्न सहमति माग गरिएको उनले जानकारी दिए ।

न्यूनतम पारिश्रमिक बढाउन माग

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंशबहादुर शाहीले राष्ट्रसेवकको पारिश्रमिक १० प्रतिशत बढ्ने क्रममा शिक्षकको पनि वृद्धि हुनु सकारात्मक भएको बताए । तर, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक न्यून रहेकाले न्यूनतम २३ हजार रुपैयाँ कायम गर्नुपर्ने उनको माग छ ।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पारिश्रमिक वृद्धि गरेकोमा सरकारलाई धन्यवाद दिँदै विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी सेवा गर्ने अवसर दिनुपर्ने माग गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

काठमाडौंका चार निजी विद्यालयले नाम र ठेगाना परिवर्तन गर्दै

पचालझरनाका १५ विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

कर्मचारीको सेवासुविधा बढाउन २ लाख घुस मागेको आरोपमा विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ

प्रिसियस एकेडेमीमा छात्रछात्रा कब्ड्डी हुने

प्रशासनिक ढिलाइको दोष विद्यार्थीलाई दिन नमिल्ने, मनिता गुरुङलाई स्वर्णपदक दिन सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu