ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ९ : २५   बजे

काठमाडौं । गत एक वर्षमा नेपालका १३ हजार ५३१ सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार उनीहरू अध्ययन, तालिम, गोष्ठी, सेमिनार तथा सम्मेलनलगायत विभिन्न प्रयोजनका लागि विश्वका १४८ देश पुगेका हुन् ।

सन् २०२५ को तथ्यांकअनुसार अन्टार्कटिका बाहेक सबै महादेशमा नेपाली सरकारी कर्मचारी पुगेका छन् । विदेश भ्रमण गर्ने अधिकांशले आधिकारिक (निलो) तथा कूटनीतिक (रातो) पासपोर्ट प्रयोग गरेका थिए । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नेपाली सेना तथा प्रहरीको संख्या भने यस तथ्यांकमा समावेश छैन ।

अध्यागमन विभागका अनुसार संघ, प्रदेश र स्थानीय तहमा रहेका कुल ५ लाख ६८ हजार २१६ सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीमध्ये २.३८ प्रतिशतले सन् २०२५ मा विदेश भ्रमण गरेका छन् ।

भारत सबैभन्दा बढी भ्रमण गरिएको मुलुक बनेको छ । भारतमा मात्रै ४ हजार ७४ जना नेपाली सरकारी कर्मचारी पुगेका छन् । यो कुल विदेश भ्रमणकर्ताको ३०.१० प्रतिशत हो ।

त्यस्तै, चीनमा १ हजार ६०८, थाइल्यान्डमा १ हजार २४ र संयुक्त अरब इमिरेट्स (यूएई)मा ४०९ जनाले भ्रमण गरेका छन् । भारत, चीन, थाइल्यान्ड र यूएईमा मात्रै ७ हजार ११५ जना पुगेका छन्, जुन कुल विदेश भ्रमणको ५२.५८ प्रतिशत हो ।

अन्य प्रमुख गन्तव्यमा बंगलादेशमा ४००, मलेसियामा ३९५, अमेरिकामा ३०२, श्रीलंकामा २७३, जापानमा २६८, फिलिपिन्समा २४२, सिंगापुरमा १८९, इन्डोनेसियामा १७०, बेलायतमा १७० र स्वीट्जरल्यान्डमा १६० जना पुगेका छन् ।

विभागको विवरणअनुसार जर्मनीमा १२३, भियतनाममा १४६, साउदी अरेबियामा १२५, पाकिस्तानमा १११, लेबनानमा १०९, फ्रान्समा ८४, टर्कीमा ८२, क्याम्बोडियामा ८१, इथियोपियामा ७९, हङकङमा ७९, केन्यामा ७८, म्यानमारमा ७३ र इटालीमा ६९ जना पुगेका छन् ।

त्यस्तै स्पेनमा ६६, रुसमा ६५, कंगोमा ६२, अफगानिस्तानमा ५८, कुवेतमा ४८, ओमानमा ४५, युगान्डामा ४१, अस्ट्रियामा ३८, इजरायलमा ३६, इजिप्टमा ३४, क्यानडामा ३२, नेदरल्यान्ड्समा ३२, लाओसमा ३१ र जोर्डनमा ३० जना पुगेका छन् ।

पछिल्लो पाँच वर्षमा विदेश भ्रमण गर्ने सरकारी कर्मचारीको संख्या उल्लेख्य बढेको देखिन्छ । सन् २०२१ देखि २०२५ सम्म ५६ हजार २६९ जना सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारी विदेश गएको तथ्यांक छ । सन् २०२१ मा ३ हजार ७८७ जना विदेश गएकोमा २०२५ मा यो संख्या बढेर १३ हजारभन्दा माथि पुगेको छ ।

सरकारले अनुगमन, मूल्यांकन तथा भ्रमण शीर्षकमा ठूलो रकम विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ मा यस शीर्षकमा ३ अर्ब ३० करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको छ । विदेश भ्रमणमा जाने सरकारी कर्मचारीले भ्रमण खर्च नियमावली, २०६४ अनुसार अमेरिकी डलरमा भत्ता पाउने व्यवस्था छ ।

बढ्दो विदेश भ्रमणसँगै सरकारी खर्चको प्रभावकारिता र भ्रमणबाट प्राप्त उपलब्धिमाथि पनि प्रश्न उठ्दै आएको छ । आवश्यकताभन्दा बढी हुने भ्रमण नियन्त्रण गर्दै विदेशबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई सरकारी काममा उपयोग गर्ने विषयमा प्रभावकारी अनुगमन आवश्यक देखिन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा

गभर्नरको कार्यकाल पाँचबाट तीन वर्षमा झार्ने सहमति, राम्रो काम गरे थप दुई वर्ष

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Swaminarayan’s Pilgrimage Route Offers Boost To Nepal’s Religious Tourism

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

Trump Administration Faces Mounting Criticism Over Threats, Rhetoric, and Legal Actions

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

रुपन्देहीमा बढ्यो आर्थिक अपराध : एक महिनामै ८१ मुद्दा, १५९ प्रतिवादी पक्राउ

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu