पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा शुक्रबार बिहान पोखरा आइपुगेका छन्। उनी अहिले उच्च अदालत पोखरामा रहेका छन्।
उच्च अदालत पोखराका प्रवक्ता निल पनेरुका अनुसार प्रधानन्यायाधीश शर्माले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको अदालत भवनको निरीक्षण गरेका छन्।
प्रधानन्यायाधीशले त्यसपछि जिल्ला अदालतको प्रस्तावित भवनबारे समेत जानकारी लिने कार्यक्रम रहेको प्रवक्ता पनेरुले बताए।
शनिबार म्याग्दी, पर्वत र बागलुङ जाने
प्रधानन्यायाधीश शर्माको शनिबार म्याग्दी, पर्वत र बागलुङ भ्रमण गर्ने कार्यक्रम रहेको छ। पोखरा बसाइका क्रममा उनी सहिदचोकस्थित नेपाल राष्ट्र बैंकको गेस्ट हाउसमा रहने बताइएको छ।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पनि पोखरा आउने क्रममा रहेका बेला प्रधानन्यायाधीश शर्माको भ्रमणलाई चासोका साथ हेरिएको छ। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको कार्यक्रम तय भएको सुरक्षा स्रोतहरूले बताएका छन्।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दाको चर्चा चलिरहेका बेला प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच पोखरामा भेटवार्ता हुने वा नहुने विषय भने अहिलेसम्म स्पष्ट भएको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्