ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच पाण्डव’को डबिङ सुरु, डल्बी एट्मस प्रविधिमा साउन्ड तयार हुँदै


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   २ : ३५   बजे

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को डबिङ (स्वरांकन) कार्य सुरु भएको छ। म्युजिक नेपालद्वारा सञ्चालित डल्बी एट्मस साउन्ड स्टुडियोमा चलचित्रको स्वरांकन थालिएको हो।

गौशालास्थित पिंगलास्थानको नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा आयोजित स्वरांकन कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माणपक्षको सहभागिता थियो। चलचित्रका मुख्य कलाकार हरिवंश आचार्यले डबिङको सुरुवात गरेका हुन्।

निर्माणपक्षका अनुसार चलचित्रको सम्पूर्ण साउन्डको काम डल्बी एट्मस प्रविधिबाट गरिँदैछ। यसबाट दर्शकले चलचित्र प्रदर्शनका क्रममा उच्च गुणस्तरको ध्वनि अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ।

निर्देशक वसन्त निरौलाले पोस्ट प्रोडक्सनको काम सुरु भएसँगै डबिङ पनि थालिएको बताए। उनले चलचित्रको प्राविधिक पक्षमा कुनै सम्झौता नगरिएको दाबी गरे।

“हामीले पोस्ट प्रोडक्सनको काम सुरु गरेसँगै स्वरांकन गर्न थालेका छौँ। कुनै पनि हिसाबमा सम्झौता गरेका छैनौँ। दर्शकलाई प्राविधिक रूपमा अब्बल सिनेमा दिनेछौँ, जुन उनीहरूले प्रत्यक्ष देख्न र महसुस गर्न सक्नेछन्,” निरौलाले भने।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनुभवी कलाकारसँगै नयाँ पुस्ताका चर्चित कलाकारको अभिनय छ। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्।

त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपाने लगायतका कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

सम्बन्धित

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्कीको निर्माणमा डेब्यु

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन

कलंकीमा खुल्यो ‘द डिभाइन डान्स स्टुडियो’, मिस पबीले गरिन् जुम्बा

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी–भाइको भावनात्मक सम्बन्धमा केन्द्रित

पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu