ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनमा एक्लै वा निहुरिएर काम गर्नेहरू बाघको आक्रमणको उच्च जोखिममा


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ४५   बजे

नारायणगढ । वनमा एक्लै वा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको उच्च जोखिममा रहने गरेको अध्ययनले देखाएको छ। नेपालको तराई क्षेत्रमा सन् २०१० देखि २०२४ सम्म भएका बाघ आक्रमणका घटनाको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, समस्याग्रस्त बाघ विषयमा विद्यावारिधि गरेका विज्ञ डा. बाबुराम लामिछाने, नेपाल प्रकृति संरक्षण कोषका पूर्वसदस्यसचिव डा. नरेश सुवेदी, वन्यजन्तु अनुसन्धानकर्ता सञ्जय कँडेल, स्विडेनका प्राध्यापक डा. म्याथ्यु लो र वन विज्ञान अध्ययन संस्थानका पूर्वडिन प्राडा ठाकुर सिलवालले संयुक्त रूपमा गरेको अध्ययनले यस्तो देखाएको हो।

अध्ययनले मानवीय क्षतिको जोखिम मानिसको समूह, लिङ्ग, शैक्षिक अवस्था तथा आक्रमणका बेला मानिसको शारीरिक अवस्थासँग सम्बन्धित रहेको देखाएको छ।

आक्रमणको मुख्य कारण वनमा गरिने जीविकोपार्जनसम्बन्धी गतिविधि रहेको अध्ययनले जनाएको छ। अध्ययन अवधिमा भएका २४५ वटा बाघ आक्रमणमध्ये ५४ प्रतिशत घटना दाउरा तथा घाँस सङ्कलनका क्रममा भएका थिए। गैरकाष्ठ वन पैदावार सङ्कलनका क्रममा ११ प्रतिशत तथा पशु चराउँदा वा हेरचाह गर्दा करिब १३ प्रतिशत आक्रमण भएका थिए।

अनुसन्धानकर्ता डा. बाबुराम लामिछानेका अनुसार घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री सङ्कलन गर्दा मानिस प्रायः एक्लै वा निहुरिएर काम गर्ने भएकाले जोखिम बढ्ने गरेको छ।

गत वर्ष असार २७ गते चितवनको खैरहानीस्थित कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका ७० वर्षीय पदमबहादुर रानामगरको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

कोभिड–१९ महामारीका समयमा बाघ आक्रमणका घटना उल्लेख्य रूपमा बढेको अध्ययनले देखाएको छ। रोजगारी गुम्नु, भारत तथा अन्य मुलुकबाट मानिस फर्किनु र वन क्षेत्रमा मानवीय गतिविधि बढ्नुजस्ता कारणले मानिस र बाघबीच द्वन्द्वको सम्भावना बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

अध्ययनअनुसार बाघको आक्रमणमा परेकामध्ये ५७.६ प्रतिशतको मृत्यु भएको छ। अध्ययन अवधिमा २४५ जनामाथि बाघले आक्रमण गर्दा १४१ जनाको मृत्यु भएको थियो।

कुल आक्रमणमध्ये ९० प्रतिशतभन्दा बढी घटना वन क्षेत्रभित्र भएका छन्। तीमध्ये ६९.४ प्रतिशत घटना संरक्षित क्षेत्रको मध्यवर्ती क्षेत्रमा, २४ प्रतिशत संरक्षित क्षेत्रबाहिर र ६.५ प्रतिशत राष्ट्रिय निकुञ्जभित्र भएका थिए। सन् २०१९ देखि २०२३ सम्म बाँके–बर्दिया क्षेत्र तथा सुदूरपश्चिमका वन क्षेत्रमा बाघ आक्रमण उल्लेख्य रूपमा बढेको अध्ययनले देखाएको छ।

बाघको आक्रमणमा पुरुष बढी पर्ने गरेका छन्। पीडितमध्ये ६५.३ प्रतिशत पुरुष रहेको अध्ययनमा उल्लेख छ। महिलामा भने आक्रमणपछि मृत्यु हुने दर ७२.९ प्रतिशत रहेको छ।

अध्ययन अवधिमा प्रतिवर्ष औसत १६ वटा बाघ आक्रमणका घटना भएका थिए। समूहमा वन प्रवेश गर्दा जोखिम कम हुने अध्ययनले देखाएको छ। समूहमा जाँदा सतर्कता बढ्ने र आक्रमणको अवस्था आए तत्काल प्रतिकार वा उद्धार गर्न सकिने भएकाले जोखिम कम हुने अनुसन्धानकर्ताहरूको भनाइ छ।

त्यस्तै, आक्रमणका बेला उभिएर वा हिँडिरहेका मानिसको मृत्यु जोखिम बसेका वा निहुरिएका मानिसको तुलनामा कम देखिएको छ।

डब्लूडब्लूएफ नेपालका वन्यजन्तु कार्यक्रम प्रमुख डा. शंशाक पौडेलका अनुसार घाँस वा दाउरा सङ्कलन गर्दा निहुरिएर काम गरिरहेका मानिसलाई बाघले आफ्नो प्राकृतिक आहार मृग, बँदेल वा जरायोजस्तै ठान्न सक्ने भएकाले आक्रमणको सम्भावना बढ्छ। त्यसैले वनमा जानुपर्दा समूह बनाएर जानु उपयुक्त हुने उहाँको सुझाव छ।

पछिल्लो समय नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षित क्षेत्रबाहिरका वन, मध्यवर्ती क्षेत्र तथा वन करिडोरमा बाघको आवतजावत पनि बढेको छ। यसले मानिस र बाघबीच द्वन्द्वको सम्भावना बढाएको भन्दै अनुसन्धानकर्ताहरूले बाघ संरक्षणसँगै मानव सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

डा. लामिछानेका अनुसार अध्ययनले मध्यवर्ती क्षेत्रलाई मानव–बाघ द्वन्द्वको ‘हटस्पट’ का रूपमा पहिचान गरेको छ। यस्ता क्षेत्रमा मानिस र बाघबीच दूरी कायम हुने गरी वन व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

वन क्षेत्रमा झाडी तथा अन्डरग्रोथ व्यवस्थापन गरी दृश्यता बढाउने, उच्च जोखिम भएका क्षेत्रमा वन प्रवेशको समय व्यवस्थापन गर्ने, बाघको उपस्थितिबारे तत्काल सूचना दिने प्रणाली विकास गर्ने तथा समुदायमा व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गर्न सके बाघबाट हुने मानवीय क्षति घटाउन सकिने अध्ययनले सुझाव दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

Colombia, Venezuela, Slovenia Signal Shift in Foreign Policy Towards Israel

Aisha Wahab Wins Special Election Despite Pro-Israel Spending Surge

India Supreme Court Orders Enhanced Protection for Wild Elephants

Humla District Fixes Apple Prices for Upcoming Harvest Season

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu