ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ : कानूनमन्त्री गौतम


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ५५   बजे

काठमाडौँ । कानूनमन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै राख्नु उपयुक्त हुने बताएकी छन्।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त हुने सूचना प्रत्यक्ष रूपमा प्रधानमन्त्रीसम्म पुग्न आवश्यक रहेको बताइन्।

उनका अनुसार जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालयअन्तर्गत ल्याएको थियो। निर्वाचनपछि उक्त अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक नआएपछि सो व्यवस्था निष्क्रिय भएको र निष्क्रिय भएको दफा पुनः कायम गर्न अहिले विधेयक ल्याइएको उनले स्पष्ट पारिन्।

‘त्यो जुन दफा चलाइयो, त्यो दफा निष्क्रिय भयो। निष्क्रिय भएपछि अब जगाउनुपर्‍यो। त्यही जगाउनका लागि मात्रै यो विधेयक ल्याइएको हो,’ मन्त्री गौतमले भनिन्।

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने कि गृहमन्त्री मातहत राख्ने भन्ने विषय सैद्धान्तिक रहेको उनको भनाइ छ। सरकारले विगतमा पनि विभागलाई कहिले गृह मन्त्रालय र कहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्दै आएको उनले जानकारी दिइन्।

राष्ट्रिय अनुसन्धानजस्तो गुप्तचर निकायलाई गृह मन्त्रालयअन्तर्गत राख्दा मन्त्रालयमाथि थप कार्यभार पर्ने मन्त्री गौतमले बताइन्। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन, विपद् व्यवस्थापनलगायत आन्तरिक सुरक्षा संयन्त्र रहेकाले मन्त्रालयमा जिम्मेवारीको चाप धेरै रहेको उनको भनाइ छ।

‘गृह मन्त्रालय एकदम ओभरलोडेड हुने भएको कारणले र देशको आन्तरिक सुरक्षा संयन्त्रभन्दा माथि गुप्तचर निकायका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष पुग्नु उपयुक्त हुन्छ,’ उनले भनिन्।

गुप्तचर निकायबाट प्राप्त संवेदनशील सूचना आवश्यक परेको समयमा तत्काल प्रधानमन्त्रीसम्म पुग्नुपर्ने भएकाले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्नु उपयुक्त हुने उनको तर्क छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

Colombia, Venezuela, Slovenia Signal Shift in Foreign Policy Towards Israel

Aisha Wahab Wins Special Election Despite Pro-Israel Spending Surge

India Supreme Court Orders Enhanced Protection for Wild Elephants

Humla District Fixes Apple Prices for Upcoming Harvest Season

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu